तेस्रो आँखा डेस्क
काठमाडौँ,मंसिर २८ ।
नेपाली कांग्रेसको सभापति पदको मतगणना सुरु भएको छ । केहिबेर अघि देखि सभापति पदका लागि मतगणना सुरु भएको हो । निर्वाचन समितिले मत परिणाम अपडेट गराउँदै जाने जनाएको छ । सोमबार मध्यान्ह १२ बजे देखि सुरु भएको मतदान राती ११ ः ३० बजे सम्म चलेको थियो । राती १ बजे देखि सभापति पदको मतगणना गर्ने भनिएपनि गणना ढिलो गरि सुरु भएको हो । ४७४३ कुल मतदाता मध्य ४६७९ मत खसेको थियो । सभापतिका लागि ५ जना बिच प्रतिष्पर्धा भएको छ । कुनै एक उम्मेदवारको पक्षमा ५० प्रतिसत मत नआए पुन ः दोस्रो चरणको मतदान हुने छ ।
