रुस-युक्रेन तनाव
सेना परिचालन गर्ने घोषणासँगै रूसबाट बाहिरिने बढे

सेना परिचालन गर्ने घोषणासँगै रूसबाट बाहिरिने बढे


  • 5.2K
    SHARES
    • आश्विन ५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    सेना परिचालन गर्ने घोषणासँगै रूसबाट बाहिरिने बढे

    मस्को । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लड्नका लागि जगेडा सैनिक प्रयोगको आंशिक खाका प्रस्तुत गरेपछि रूस छोड्ने स्वदेशी तथा विदेशीको संख्या ह्वात्तै बढेको छ ।

    images

    यस साता रुसबाट बाहिरिने उडानहरू लगभग पूर्ण रूपमा बुकिङ भएको एयरलाइन र ट्राभल एजेन्टको तथ्यांकले देखाएको छ । पुटिनले टेलिभिजनमा सम्बोधन गर्दै युक्रेनमा उपलब्ध सबै सैन्य साधन प्रयोग गर्ने चेतावनी दिएपछि रक्षामन्त्री सर्गेई शोइगुले रूसले सुरुमा करिब तीन लाख जगेडा सैनिकलाई परिचालन गर्ने बताएका छन् । 

    रूसमा लोकप्रिय एभियासेल्स वेबसाइटका अनुसार पूर्व सोभियत मुलुक अर्मेनिया, जर्जिया, अजरबैजान र कजाखस्तानका शहरहरूमा हुने सिधा उडानहरूको बुधबारको टिकट पूरै बिक्री भएका छन् । टर्किस एयरलाइन्सले आफ्नो वेबसाइटमा भनेको छ, 'रूस जाने र आउने उडानहरूका लागि महत्वपूर्ण गन्तब्य रहेको इस्तानबुल विमानस्थलका का लागि शनिबारसम्म सबै टिकट बुक भएका छन् ।' बेलग्रेडको लागि अर्को उपलब्ध एयरसेर्बियाको उडान सेप्टेम्बर २६ को लागि मात्र उपलब्ध रहेको बताइएको छ । 

    गुगलको तथ्यांकअनुसार रूसमा ‘टिकट’ र ‘उडान’का लागि गरिएको खोजीमा स्थानीय समयअनुसार बुधबार ६  बजेपछि दोब्बरभन्दा बढी भएको छ । सामान्य समयको तुलनामा बिहानको समय देश छाड्नेको संख्या सय गुणा बढी भएको गुगल ट्रेन्ड्सको तथ्यांकले देखाएको छ ।

    पुटिनले युक्रेनमा मस्कोको ‘विशेष सैन्य अभियान’ को घोषणासँगै रूस र युरोपेली संघबीचको उडान बन्द भएको थियो ।  रूसमा बस्नेहरुलाइ सैन्य शासन लागू हुन्छकि  भन्ने चिन्ता उत्पन्न भएको छ । रुसमा बस्ने बाह्य देशका नागरिकले विश्व युद्धको खतरा पनि देखेका छन् । यो खतरासँगै दशौं हजार मानिस रूसको छिमेकी देशहरूमा पलायन हुन थालेका छन् । 

  • सम्बन्धित विषय:

  • # रुस-युक्रेन तनाव
  • # भ्लादिमिर पुटिन

  • तेस्रो आँखा