काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप यही असोज ३ गतेसम्ममा ५० खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका २६ वाणिज्य बैंक, १७ विकास बैंक र १७ फाइनान्स कम्पनीसहित ६० संस्थाको निक्षेप रकम यत्ति पुगेको हो ।
उक्त निक्षेपमध्ये वाणिज्य बैंकहरुले मात्र संकलन गरेको निक्षेप ४४ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ । विकास बैंक र फाइनान्स कम्पनीहरुले संकलन गरेको कुल निक्षेप ६ खर्ब दुई अर्ब रुपैयाँ छ ।
राष्ट्र बैंकका अनुसार यही असोज ३ गतेसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुले प्रवाह गरेको कुल कर्जा रकम भने ४७ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ । उक्त कर्जामध्ये वाणिज्य बैंकहरुले प्रवाह गरेको कुल कर्जा रकम ४१ खर्ब ८३ अर्ब र विकास बैंक तथा फाइनान्स कम्पनीहरुले प्रवाह गरेको कुल कर्जा रकम पाँच खर्ब ३८ अर्ब रुपैयाँ रहेको छ ।
