• ट्रेण्डिङ्ग :
महामारी काेराेना
अशक्तलाई घरमै खोप

अशक्तलाई घरमै खोप


  • 4.5K
    SHARES
    • आश्विन ८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 6.9K Views

    अशक्तलाई घरमै खोप

    म्याग्दे गाउँपालिका–३ किलचोकका पूर्णबहादुर सारु ३२ बर्ष पुगे । पूर्ण अशक्त उनलाई यताउता लैजान अरुको सहारा चाहिन्छ । क श्रेणीको अपाङ्गता रहेका सारुले शुक्रबार आफ्नै घरमा कोभिड बिरुद्वको खोप लगाउन पाउँदा खुशीले गद्गद हुँदै बल्ल हामी जस्ता अपाङ्गता र अशक्त व्यक्तिले स्थानीय सरकारको अनुभूति गर्न पाएको बताए । 

    तनहुँ  । म्याग्दे गाउँपालिका–३ किलचोकका पूर्णबहादुर सारु ३२ बर्ष पुगे । पूर्ण अशक्त उनलाई यताउता लैजान अरुको सहारा चाहिन्छ । क श्रेणीको अपाङ्गता रहेका सारुले शुक्रबार आफ्नै घरमा कोभिड बिरुद्वको खोप लगाउन पाउँदा खुशीले गद्गद हुँदै बल्ल हामी जस्ता अपाङ्गता र अशक्त व्यक्तिले स्थानीय सरकारको अनुभूति गर्न पाएको बताए । 

    images

    गाँउपालिकाद्धारा आयोजित घुम्ती शिविरको चौथो दिन शारीरिकरुपमा अशक्त र अपाङ्गता भएको व्यक्तिहरुलाई घर घरमा पुगेर कोभिड विरुद्धको खोप र अन्य स्वास्थ्य सेवा दिन थालेपछि म्याग्देबासी खुशी भएका हुन् । सारुले जस्तै २८ बर्षीय कृष्णबहादुर थापा, सोही ठाँउ वस्ने, वर्ष ३३ का बिहिसरा थापा र २९ बर्षीय नारायणबहादुर हुन्चिङ्गलगायतको घरमा स्वास्थ्यकर्मी पुगेर खोप दिएपछि उनीहरुले राहत महसुस गरेका छन् ।  

    स्पाईनल ईन्जुरीका कारण पूर्णरुपमा शारिरिक अपाङ्ग भई ओछ्यानमा रहेका २९ वर्षीय नारायणबहादुर हुच्चिङ्गले कोभिड खोप र स्वास्थ्य सेवा पाँउदा खुशी हुँदै समान्य व्यक्तिभन्दा पनि अपाङ्गता भएको व्यक्तिलाई यसैगरी सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । 

    अपाङ्गताहरु वडा र पालिकामा आउन नसक्ने र घुम्ति शिविरमा आएर पनि स्वास्थ्य सेवा लिन नसक्ने भएकाले  निजहरुको घर घरमा नै गएर खोप लगाइदिएको  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

    एकिकृत घुम्ती सेवामार्फत घर–घर र टोल–टोलमा पुगेर सेवा दिदाँ म्याग्देबासीमा खुशी छाएको उहाँले बताउनुभयो । चौथो दिनसम्ममा सात स्थानमा शिविर सम्पन्न हँदा कोभिड १९ विरुद्ध बयस्क फाईजर खोप दुई सय सरसठ्ठी जनाले लगाएकामा सत्र जनाले पहिलो मात्रा, अठ्ठार जनाले दोश्रो मात्रा र दुई सय ३२ जनाले तेश्रो (बुष्टर)मात्रा खोप लगाएका स्वास्थ्य शाखा प्रमुख दिनेश पण्डितले बताए । 

    वडा नं १ को मान्हौँ, गुणादी र बाख्रे, वडा नं। २ को गुञ्जारा, जामुने, ऋषिथुम र पिपलडिहीसमेत गरी सात स्थानमा घुम्ती शिविर सम्पन्न भैसकेको  छ । उक्त शिविर असोज २ देखि २०७९ असोज ३१ गते सम्म चल्ने गाउँपालिका कार्यालयले जनाएको छ । 

    • फाइल तस्बिर 

  • सम्बन्धित विषय:

  • # कोरोना खोप

  • तेस्रो आँखा
    लेखकबाट थप