• ट्रेण्डिङ्ग :
मालाखेती अस्पताल
फोन गर्न पाउँदैनन् सुदूरका डाक्टर

फोन गर्न पाउँदैनन् सुदूरका डाक्टर


प्रदेशको स्थायी राजधानी गोदवरीमै नेटवर्क समस्या

  • 5.2K
    SHARES
    • आश्विन ८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    फोन गर्न पाउँदैनन् सुदूरका डाक्टर

    सुन्दा अच्चम लाग्छ । सहरमा पनि मोबाइल फोनको नेटवर्कले काम गर्दैन भनेर ।  सुदूरपश्चिम प्रदेशमा मालाखेती अस्पताल छ । प्रदेशको स्थायी राजधानी गोदवरीमै  उक्त स्थानमा रहेको अस्पतालको एरियाभित्र मोबाइल फोनको नेटवर्कले काम नै गर्दैन ।

    सुन्दा अच्चम लाग्छ । सहरमा पनि मोबाइल फोनको नेटवर्कले काम गर्दैन भनेर ।  सुदूरपश्चिम प्रदेशमा मालाखेती अस्पताल छ । प्रदेशको स्थायी राजधानी गोदवरीमै  उक्त स्थानमा रहेको अस्पतालको एरियाभित्र मोबाइल फोनको नेटवर्कले काम नै गर्दैन ।

    images

    अस्पताल परिसरभित्र नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा त्यहाँका कर्मचारी  समस्यामा  परेको गुनासो गर्दछन् । अस्पतालभित्र मोबाइलमा नेटवर्क नआउँदा कर्मचारीको फोन नलाग्ने भएकाले फोन गर्नुपरेमा बाहिर जानुपर्ने बाध्यता छ ।

    अस्पतालका कार्यालय प्रमुख डा अम्रेश कोइरालाले भने अस्पतालको भवनभित्र छिर्ने बित्तिकै मोबाइल फोनमा टावर जाने गरेको बताउँछन् । अन्य कर्मचारीको गुनसो छ, ‘जरुरी कामले कसैले फोन गर्दा पनि सम्पर्क हुन सकेन भन्छ, फोन गर्न पनि अस्पताल भवन बाहिर जानुपर्ने बाध्यता छ ।’ 

    अस्पतालमा मोबाइल फोनको नेटवर्क नआउँदा आफन्तलाई र घरपरिवारलाई बिरामीको अवस्थाबारे जानकारी दिन पनि समस्या रहेको स्थानीयवासी नरेश महरा बताउँछन्र ।

    नेपाल टेलिकम अत्तरिया शाखाका वरिष्ठ प्राविधिक अधिकृत सुरत मल्ल भन्छन्, ‘अस्पतालबाट पाँच सय मिटर टाढा नेटवर्क टावर भएकाले समस्या भएको हुनसक्छ । कार्यालयभित्र के को समस्या हो पत्ता लगाई छिट्टै समस्या समाधान गरिने भएको छ ।’

  • सम्बन्धित विषय:

  • # नेटवर्क

  • तेस्रो आँखा
    लेखकबाट थप