• ट्रेण्डिङ्ग :
बढ्दै महामारी
डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुग्यो

डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुग्यो


  • 6.3K
    SHARES
    • आश्विन १२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुग्यो

    काठमाडौं । नेपालमा अहिलेसम्म डेंगु संक्रमणका कारण ३६ जनाले ज्यान गुमाएका छन् । हाल नेपालमा डेंगुको संक्रमण झन् बढ्दै गएको छ । यो देशैभरि फैलिएको छ । पछिल्लो समय मुस्ताङमा पनि संक्रमण भेटिएसँगै ७७ वटै जिल्लामा संक्रमण पुष्टि भएको हो । 

    images

    देशभरि २७ हजार ५ सय ६९ जनामा डेंगु पुष्टि भएको सरकारी तथ्यांकमा उल्लेख छ । सबैभन्दा धेरै वाग्मती प्रदेशमा २१ हजार ५ सय ८९ जनामा डेंगु देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै प्रदेश १ मा ८ सय १५, मधेसमा ४ सय ५, कर्णालीमा २ सय ३६, सुदूरपश्चिममा ८ सय २१, गण्डकीमा ६ सय ५३ र लुम्बिनी प्रदेशमा ३ हजार ५० जना डेंगु संक्रमित भएका छन् ।    

    डेंगुका संक्रमित बढ्न थालेपछि सरकारले सचेतनासम्बन्धि कामलाई प्राथमिकतामा राखेको छ । दीर्घ र अन्य रोग भएकालाई डेंगु भएमा स्वास्थ्यमा थप समस्या हुने भएकाले यस्ता खालका बिरामीलाई बढी सचेत रहन इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले सुझाव दिएका छन् । 

    सिकिस्त अवस्थामा अस्पताल भर्ना हुने बिरामीको संख्या बढ्न थालेको पनि डा. दाहालले बताएका छन् । अस्पतालमा सिकिस्त बिरामीको संख्या बढेसँगैआईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था भएको छ । स्वास्थ्य तथा मन्त्रालयले एडिज जातको लामखुट्टे प्रायः दिनको समयमा सक्रिय हुने जनाएको छ ।

    विशेषगरी बिहान र बेलुकाको समयमा सक्रिय हुँदा यो जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने हुनाले सचेत हुन पनि मनत्रालयले आग्रह गरेको छ । यसैगरी दैनिक काम गर्दा पूरा बाहुला भएको लुगा र जुता लगाएर बस्न पनि स्वास्थ्यकर्मीको सुझाव छ। डेंगुको लक्षण भए वा ज्वरो आउने र आँखाको गेडी दुख्ने, शरीर गल्नेलगायत समस्या भए शीघ्र स्वास्थ्य संस्थामा सम्पर्क गर्न सरकारले सर्वसाधारणमा आग्रह गरेको छ । 

     


    तेस्रो आँखा