काठमाडौं । नेपाल राष्ट्र बैंकले १९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । ट्रेजरी बिल बिहीबार (असोज १३ गते) अपराह्न ३ बजेसम्ममा बिक्री गर्न लागिएको हो ।
जारी मिति भने असोज २३ गते तोकिएको ट्रेजरी खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरु सहभागी हुन पाउनेछन् । बिक्री गरिने कुल ट्रेजरीमध्येमा ९१ दिने अवधिको नौ अर्ब १० करोड र एक सय ८२ दिने अवधिको १० अर्ब रुपैयाँबराबरको छ ।
राष्ट्र बैंकका अनुसार यो ट्रेजरीको परिपक्व हुने अवधि भने क्रमशः २०७९ पुस १९ गते र २०७९ चैत २१ गते तोकिएका छन् । यसअघि राष्ट्र बैंकले असोज ९ गते १२ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

