राष्ट्र बैंकले जारी गर्‍यो ३० अर्बको रिपो

राष्ट्र बैंकले जारी गर्‍यो ३० अर्बको रिपो


  • 4.8K
    SHARES
    • आश्विन १३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.4K Views

    राष्ट्र बैंकले जारी गर्‍यो ३० अर्बको रिपो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) तरलता अभाव नियन्त्रणका लागि ३० अर्ब रुपैयाँको रिपो जारी गरेको छ । बोलकबोलमार्फत रिपो जारी गरेर बजारमा लगानीयोग्य रकम पठाउन लागिएको राष्ट्र बैंकले जनाएको छ । 

    images

    रिपो खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले बिहीबार अपराह्‌नसम्म बोलकवोल पेस गरेका छन् । परिपक्व हुने अवधि १४ दिन अर्थात् यही असोज २७ गते तोकिएको यो रिपो जारी गर्नुको प्रमुख उद्देश्य नै चाडपर्वको समयमा लामो समयसम्म सार्वजनिक बिदा हुँदा तरलता अभाव हुन नदिनु रहेको राष्ट्र बैंकको भनाइ छ ।

    Ripo-Letter.jpg

  • सम्बन्धित विषय:

  • # नेपाल राष्ट्र बैंक

  • तेस्रो आँखा