• ट्रेण्डिङ्ग :
प्रदेश अस्पताल
कर्णालीमा मुटुका बिरामी बढ्दै

कर्णालीमा मुटुका बिरामी बढ्दै


  • 4.2K
    SHARES
    • आश्विन १४, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.5K Views

    कर्णालीमा मुटुका बिरामी बढ्दै

    कर्णाली प्रदेशभर कर्णालीमा मुटुरोगका बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको छ । पछिल्लो समय जीवनशैली र खानपानका कारण मुटुरोगी बढ्न थालेका  चिकित्सकले बताएका छन् । चिकित्सकहरूका अनुसार अव्यवस्थित खानपानका कारण मुटुरोगी बढ्दै गएका हुन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतका अनुसार उच्च रक्तचापको समस्या बढीजसो देखिएको छ ।

    सुर्खेत । कर्णाली प्रदेशभर कर्णालीमा मुटुरोगका बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको छ । पछिल्लो समय जीवनशैली र खानपानका कारण मुटुरोगी बढ्न थालेका  चिकित्सकले बताएका छन् ।

    images

    चिकित्सकहरूका अनुसार अव्यवस्थित खानपानका कारण मुटुरोगी बढ्दै गएका हुन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतका अनुसार उच्च रक्तचापको समस्या बढीजसो देखिएको छ ।

    विलासी जीवनशैली र  अव्यवस्थित खानपानका कारण मुटुरोगको जोखिम बढ्दै गएको चिकित्सकको भनाइ छ ।तनाव कम गर्ने बहानामा मद्यपान, धुमपान र निद्रा लाग्ने औषधि सेवन गर्ने क्रम बढ्दो छ ।

    यसले मुटुलाई थप असर गरिरहेको प्रदेश अस्पतालका डा केएन पौड्यालले बताए । उनले भने, ‘पछिल्लो समय खानपानको शैली र काम गर्ने शैली फेरिएको छ’, उनले भने । 

  • सम्बन्धित विषय:

  • # मुटुरोगी

  • तेस्रो आँखा
    लेखकबाट थप