काठमाडौं । सोयाविन खाँदाका धेरै नै फाईदा छन् । वास्तवमा सोयाविन एउटा शाकाहारी भोजन हो । यसमा मांसहारमाभन्दा पनि धेरै प्रोटीन र पोषक तत्व पाइने खाद्यविद्हरु बताउँछन् । यो सेवन गर्दाका विभिन्न फाइदा छन् । सोयाबिनमा ओमेजा ६, ओमेगा ३, फाइबर जस्ता तत्वहरु पाइने हुनाले माानिस सुन्दर देखिन समेत मद्दत पुर्याउँछ ।
सोयाविनको प्रयोग बिरामीका लागि पनि उपयोगी हुन्छ । बारम्बर सोयाविन खाने मानिसहरु छिटो बुढो पनि हुँदैनन् । यसमा भिटामिन वी कम्प्लेक्स र भिटामिन इ प्रचुर मात्रामा पाइने हुनाले शरिर निर्माणमा अमिनो एसिड प्रदान गर्छ । सोयाविनको सेवनले शरिरमा उर्जा पनि प्रदान गर्छ ।
यसमा कोलस्ट्रोलको कमी भएका कारण मुटु रोगीका लागि अति नै उपयोगी हुन्छ । यस्तै, आधा कप रोस्टेड सोयाविन ८ हप्तासम्म लगातार खाने हो भने ब्लड क्यान्सर कन्ट्रोल हुने बताइन्छ । यस्तै यसले शरिरको रगतलाई सफा गर्छ भने एनीमियाबाट बच्न पनि मदत पुर्याउँछ ।
यस्तै सोयाबिन खानाले मेमोरी पावर बढ्छ भने तनाव र चिडचिडापन पनि धेरै नै कम हुन्छ । मनलाई शान्त बनाउन उपयोगी यसको अर्को यसको विशेषता हो । लगातार प्रयोगले हड्डीको कमजोरीपन हटाउँछ भने अस्टियोपोरोसिस रोगको खतरा पनि कम भएर जाने खाद्यविद्हरु बताउँछन् ।
यस्तै यसमा भरपुर क्यान्सर प्रतिरोधक क्षमता हुने भएकाले स्तन र प्रोस्टेट क्यान्सरलाई धेरै हदसम्म रोक्ने काम गर्छ । यसमा अण्डा, मासु, माछामाभन्दा बढी प्रोटिन हुन्छ । यसको प्रयोगले दिमाग, मुटु, नङ, कपाललाई बलियो बनाउने काम गर्छ । यसमा माछामा भन्दा बढी प्रोटिन हुनुका साथै यसको प्रयोगले दिमाग, मुटु, नङ, कपाललाई बलियो बनाउन पनि उपयोगी हुन्छ ।
