हनुमानढोका दरबार क्षेत्रको तलेजु भवानी मन्दिर भोली खोलिँदै

हनुमानढोका दरबार क्षेत्रको तलेजु भवानी मन्दिर भोली खोलिँदै


  • 4.2K
    SHARES
    • आश्विन १७, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 6.5K Views

    हनुमानढोका दरबार क्षेत्रको तलेजु भवानी मन्दिर भोली खोलिँदै

    काठमाडौं ।  हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक  अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुल्ने गर्दछ ।

    images

    मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।

     मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले सोमबार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको जनाइएको छ ।


    तेस्रो आँखा