टीकाको साइत कुन देशमा कति बजे  ?

टीकाको साइत कुन देशमा कति बजे  ?


  • 6.6K
    SHARES
    • आश्विन १८, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    टीकाको साइत कुन देशमा कति बजे  ?

    काठमाडौं । यस वर्ष विजयादशमीको साइत भोलि बिहान ११ः५१ बजे उत्तम रहेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिनेछ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । 

    images

    हिन्दूहरूको महान पर्व दसैँ नेपालमा मात्र नभएर नेपाल बाहिरका देशमा पनि मनाउन थालिएको छ।  छिमेकी मुलुक भारतका विभिन्न राज्यमा पनि दसैं मनाइन्छ। भारतमा विशेषगरेर नवदुर्गाको पुजा गरिन्छ। सिक्किम, दार्जलिङलगायतका नेपालभाषीको बाहुल्यता रहेको क्षेत्रमा टिका लगाइन्छ।

    पश्चिम बंगालमा दसैं नव दुर्गा पूजाको आरधना गरेर मनाइन्छ। बंगालमा षष्ठीदेखि पाँच दिनसम्म यो पर्व मनाइन्छ। सप्तमी, अष्टमी एवं नवमीका दिन दुर्गाको पूजा हुन्छ।

    आंध्र प्रदेश, तमिलनाडु र कर्नाटकमा दश दिनसम्म दसैं मनाइन्छ। लक्ष्मी, सरस्वती र दुर्गाको पूजा गरिन्छ। पहिला दिन धन र समृद्धिकी देवी दिन लक्ष्मीको आरधना गरिन्छ भने दोस्रो तीन दिन विद्याकी देवी सरस्वतीको पुजा गरिन्छ र अन्तिम दिन शक्तिकी देवी दुर्गाको पुजा गरिन्छ।

    गुजरातमा दसैको अवसरमा गरबा नृत्य गरिन्छ । गरबा नृत्य यस पर्वको महत्त्वपूर्ण अङ्ग हो। पुरुष एवं महिलाहरू दुइवटा साना–साना रंगाएका लौरा लिएर संगीतको लयमा आपसमा बजाउँदै घुमेर नृत्य गर्दछन् ।

    कश्मीरका अल्पसंख्यक हिन्दूले नवरात्रि मनाउँछन् । परिवारका सबै वयस्क नौ दिनसम्म पानी खाएर उपवास बस्छन्। नौ भक्तजनरू नवरात्रीभर माता भवानीको दर्शन गर्न जान्छन्। नवरात्रीमा तालको बीचमा रहेको एउटा माता भवानीको मन्दिरमा दर्शन गर्न जानेको भीड उल्लेख्य देखिन्छ।

    भारतबाहेक वंगलादेश बर्मा, भुटान, श्रीलंका र इन्डोनेसियामा पनि दसैं मनाइन्छ। मनाउने शैलीे केही फरक भए पनि अधिकांशले नवदुर्गाको पुजा आरधना गर्छन्।

    करिब १ लाख नेपालभाषी रहेको बर्मामा पनि दसै मनाइन्छ। नेपालभाषीको बाहुल्यता रहेको पूर्वराजधानी सहर यांगुन, मन्डला पिन यु एलवीन, मोगोक, तमु, कलामयो, ताउनगीमा दसैं मनाइन्छ ।

    वर्मापछि वंगलादेशमा पनि दसैं मनाइन्छ। १६ करोड जनसंख्या भएको वंगलादेशमा १४ प्रतिशत हिन्दु धर्मालम्बी छन्। त्यहाँ भएका हिन्दु धर्मालम्बीले नवदुर्गाको पुजा आरधना गर्छन्। वंगलादेश बस्ने नेपालीबाहेक अन्यले भने टिका लगाउँदैनन्।

    त्यस्तै बौद्ध धर्मालम्बीहरूको बाहुल्यता रहेको श्रीलंकामा पनि हिन्दुहरूले दसैं मनाउँछन् ।

    समितिले विश्वका विभिन्न देशका लागि स्थानीय समय अनुसार उत्तम साइत सार्वजनिक गरेको छ । भारतमा १०ः४५, अमेरिकाको न्युयोर्कमा ११ः११ को समयमा टीका लगाउन सकिनेछ । अमेरिकाका विभिन्न सहर अनुसार साइतको समय पनि फरक रहेको छ । 

    015753157sayit.jpg


    तेस्रो आँखा