• ट्रेण्डिङ्ग :
पत्रकार उपचार कोषमा ६० लाख

पत्रकार उपचार कोषमा ६० लाख


  • 4.0K
    SHARES
    • आश्विन १८, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 6.1K Views

    पत्रकार उपचार कोषमा ६० लाख

    काठमाडौं । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा रु ६० लाख रकम जुटिसकेको छ । 

    images

    महासङ्घ झापाका सदस्य र दाताले दिएको सहयोगबाट हालसम्म कोषमा सो रकम जम्मा भएको हो । जिल्लामा, पत्रकार, सर्वसाधारणदेखि व्यवसायीले समेत विवाह वर्षगाँठ र जन्मोत्सवमा कोषमा रकम सहयोग गर्दै आएका छन् । कोषको रकम रु एक करोड पुर्‍याउने लक्ष्यसाथ सहयोगी दाताले दिएको रकम सङ्कलन गरिरहेको महासंघ शाखा अध्यक्ष एकराज गिरीले जानकारी दिए ।  

    उपचार कोष वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले मेचीनगर नगरपालिका–६ का ८४ वर्षीय कृष्ण उप्रेतीले आफ्नो जन्मोत्सवमा रु २५ हजार सहयोग  गरेका छन् ।  भानु साहित्यिक प्रतिष्ठानका अध्यक्षसमेत रहेका उनले जन्मोत्सवका अवसरमा कार्यक्रममा नै आयोजना गरेर सो रकम अध्यक्ष गिरीलाई हस्तान्तरण गरेका हुन्  ।  

    उनले यसअघि पनि जन्मोत्सवका अवसरमा स्थानीय क्लब, सङ्घसंस्थालाई यसरी नगद रकम सहयोग गर्दै आएका छन् । 


    तेस्रो आँखा