भोली राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने, मर्यादित पोसाकमा उपस्थित हुन आग्रह

भोली राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने, मर्यादित पोसाकमा उपस्थित हुन आग्रह


  • 4.9K
    SHARES
    • आश्विन १८, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    भोली राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने, मर्यादित पोसाकमा उपस्थित हुन आग्रह

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दसैँको अवसरमा भोलि टीका र प्रसाद प्रदान गर्ने भएकी छन् । उनले विशिष्ट व्यक्तिका साथै सर्वसाधारणलाई पनि टिका लगाइदिने भएकी हुन् ।  टीका ग्रहण गर्नका लागि राष्ट्रपति कार्यालयले मर्यादित पोसाकमा उपस्थित हुनसमेत अनरोध गरिएको छ ।  

    images

    राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार उनले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रीगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तिलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म टीका लगाइदिने भएकी हुन् । दिउँसो ३ देखि ५ बजे इच्छुक सर्वसाधारणले राष्ट्रपतिबाट दसैँको टीका लगाउन सक्ने छन् ।

     


    तेस्रो आँखा