• ट्रेण्डिङ्ग :
यसरी मनाए कलाकारले दसैँ (फोटोफिचर)

यसरी मनाए कलाकारले दसैँ (फोटोफिचर)


  • 6.2K
    SHARES
    • आश्विन १९, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    यसरी मनाए कलाकारले दसैँ (फोटोफिचर)

    काठमाडौं । विजया दशमी कलाकारले धुमधामसँग मनाएका छन् । अभिभावकबाट बडादसैँको टीका ग्रहण गरेका तस्वीरहरु कलाकारहरुले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् । 

    images

     नेपालको पहिलो अभिनेत्री भुवन चन्दले श्रीमान् माइकल चन्दको हातबाट टिका ग्रहण गरेपछि परिवारका अन्य सदस्यलाई पनि टिका लगाइदिएका छन् । यस्तै अभिनेता हरिवंश आचार्यले स्वर्गीय श्रीमती मिरा आचार्यको तस्वीर राखेर पत्नी, छोरा र बुहारीलाई टिका लगाइदिएका छन् । 

     यसैगरी अभिनेता अनमोल केसीले पिता तथा अभिनेता भुवन केसीको हातबाट टिका र जमरा थापेपश्चात् आशिर्वाद लिएका छन् । 310659742_601529481704106_8204270147778160052_n_RiHdc5dpDr.jpg310273593_1274073213132096_8128212984829684275_n_eg769jHgvI.jpg310224441_519273443355693_767755402297748580_n_a3LW1CF7A4.jpg310830912_802049287725719_3438712910417532755_n_SN9jW3ETR5.jpg310483042_2415493441932235_8842210416339031390_n_8tUh4nNdMW.jpgअभिनेत्री सुहाना थापाले बुबा सुनिलकुमार थापा र आमा झरना थापाबाट टिका ग्रहण गरेकी छन् । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले बुवाबाट, अभिनेता तथा निर्देशक निर्मल शर्माले आमाबाट र अभिनेता जितु नेपालले आमाको हातबाट टिका ग्रहण गरेकी छन् ।  

     यस्तै आमाबाट टिका र जमरा ग्रहण गरेपछि सामुहिक तस्वीर खिचाउँदै हाँस्यकलाकार शिवशङ्कर रिजालले दसैँको शुभकामना दिएकी छन् ।  “तराई गएर अन्य मान्यजनबाट टिका ग्रहण गर्नेछु । मेरो दसैँ तराई र काठमाडौँमा बराबर हुँदै आएको छ”, उनले सामाजिक सञ्चालमा लेखेकी छन् । 


    तेस्रो आँखा