यसरी पक्राउ परे सन्दीप लामिछाने

यसरी पक्राउ परे सन्दीप लामिछाने


  • 7.6K
    SHARES
    • आश्विन २०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 11.8K Views

    यसरी पक्राउ परे सन्दीप लामिछाने

    काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाटै पक्राउ परेका छन् ।  स्वदेश फर्किएका सन्दीपलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो ।

    images

    उनी कतार एयरवेजको क्यू.आर ६४८ नम्बरको जहाजबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । यसअघि सन्दीपले सामाजिक सन्जालमार्फत आज बिहान १० बजे नेपाल आइपुग्ने र प्रहरीसमक्ष आत्मसमर्पण गर्ने बताएका थिए ।

    सन्दीपले यसअघि नै असोज २० गते स्वदेश आइपुग्ने जानकारी गराएका थिए । गत भदौ २१ गते एक नाबालिकाले गौशालाको होटलमा राखेर बलात्कार गरेको आरोपमा उजुरी दिएकी छन् । उनको हातमा लगाइएको हतकडी भने रुमालले छोपिएको थियो ।

  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछाने

  • तेस्रो आँखा
    लेखकबाट थप