काठमाडौं । काठमाडौंस्थित चन्द्रागिरिमा पहिरोले एकै परिवारका तीन जनाको ज्यान लिएको छ । ध्यान केन्द्र पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, ५२ वर्षीय राजु श्रेष्ठ, उनकी ४५ वर्षीया पत्नी रेखा र डेढ वर्षीया छोरी सारथिको मृत्यु भएको हो । विगत केही दिनदेखि काठमाडौं लगायत देशका विभिन्न ठाउँहरूमा बाढी पहिरो गइरहेको छ ।
