क्रिकेट कप्तानबाट ज्ञानेन्द्रलाई हटाएर सन्दीपलाई चयन

क्रिकेट कप्तानबाट ज्ञानेन्द्रलाई हटाएर सन्दीपलाई चयन


  • 7.6K
    SHARES
    • मंसिर २९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    क्रिकेट कप्तानबाट ज्ञानेन्द्रलाई हटाएर सन्दीपलाई चयन

    काठमाडौं, २९ मंसिर । नेपाल क्रिकेट संघले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ललाई हटाउँदै नयाँ कप्तानमा सन्दिप लामिछानेलाई चयन गरेको छ ।  

    images

    संघको बुधबार बसेको बोर्ड बैठकले आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै मल्ललाई कारबाही गरेको हो । त्यस्तै उपकप्तानबाट दीपेन्द्र सिंह ऐरिलाई पनि पद मुक्त गर्ने निर्णय गरेको क्यानले प्रेस विज्ञप्ति मार्फत जनाएको छ । 

    मल्ल, ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्राक्टमा सुरुको ६ महिना सहभागी नगराउने निर्णयसमेत क्यानले गरेको छ ।

    संघले गठन गरेको अनुशासन उल्लंघन सम्वन्धी छानविन समितिले गरेको सिफारिस बमोजिम आचारसंहिता उल्लंघन आरोपमा कारवाही गरिएको क्यानले स्पष्ट पारेको छ । 

    खेलाडी वर्गीकरणमा भएको त्रुटीको विषयमा कप्तान मल्लले असन्तुष्टी पोख्दै आएका थिए । 

    263971083_959556388331369_189709105969360744_n (1).png

     

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # नेपाल क्रिकेट संघ

  • तेस्रो आँखा