टीकाको चौथो दिन
आज पनि नवदुर्गाको प्रसाद टीका लगाइँदै 

आज पनि नवदुर्गाको प्रसाद टीका लगाइँदै 


  • 4.5K
    SHARES
    • आश्विन २२, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 6.9K Views

    आज पनि नवदुर्गाको प्रसाद टीका लगाइँदै 

    काठमाडौं । आश्विनशुक्ल त्रयोदशीका दिन आज (शनिबार) नवदुर्गाको प्रसादस्वरुप टीका तथा जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जाने क्रम जारी छ । 

    images

    नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पहिलो र दोस्रो दिन निरन्तरको वर्षाले मान्यजनकहाँ जान नपाएकाहरु तेस्रो दिन दिउँसो १ बजेसम्म भने राजधानीमा आकाश खुलेकाले निर्धक्क भएर हिँड्न पाएका थिए । तेस्रो दिन शुक्रबार दिउँसो फेरि सुरु भएको वर्षाले आशीर्वाद लिन हिँड्नेहरुलाई असर परेको थियो ।

    विजयादशमीका दिन बुधबार दिउँसो केही समय वर्षा रोकिए पनि बेलुकीदेखि निरन्तर वर्षा भएपछि टाढाटाढा आफन्तकहाँ नवदुर्गाको प्रसाद स्वरुप टीका, जमरा र आशीर्वाद लिन जान समस्या भएको थियो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा दक्षिण-पश्चिम बंगालको खाडी र आन्ध्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको असरले गर्दा वर्षा भएको जनाएको छ । महानवमीदेखि देशभर सामान्यदेखि पूर्ण बदली रही वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै एवं बाँकी प्रदेशका थोरै स्थानमा सामान्यदेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।  
      
    पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने चलन रहेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीयरुपमा कुनै बाधा नरहेको बताउँछन् । केही दिन सुनसान रहेको राजधानी सहरमा शनिबार बिहानदेखि भने केही चहलपहल देखिन थालेको छ ।

    मानिसको चहलपहल बढे पनि सवारीसाधन कम हुँदा यात्रा सहज हुन सकेको छैन । सार्वजनिक यातायातमा कोचाकोच गरेर टीका थाप्न र आशीर्वाद लिन हिँड्नेको चहलपहल भने बजारमा हिजोका दिनभन्दा बढी छ । -रासस

  • सम्बन्धित विषय:

  • # बडा दसैं

  • तेस्रो आँखा