उपसभापतिको मतगणना तीन ठाउँमा, राति १० बजेसम्म नतिजा आइसक्ने

उपसभापतिको मतगणना तीन ठाउँमा, राति १० बजेसम्म नतिजा आइसक्ने


  • 6.8K
    SHARES
    • मंसिर २९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    उपसभापतिको मतगणना तीन ठाउँमा, राति १० बजेसम्म नतिजा आइसक्ने

    काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत बुधबार साँझबाट उपसभापतिको मतगणना थालिएको छ । 

    images

    कांग्रेस केन्द्रीय कार्यालयमा जारी मतगणना राति १० बजेसम्ममा सक्ने तयारी निर्वाचन समितिको छ । 

    तीन ठाउँमा मतगणना भइरहेकाले राति १० बजेसम्ममा नतिजा आइसक्ने कांग्रेस निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । 

    दुई जना उपसभापतिका लागि ६ जना चुनावी प्रतिस्पर्धामा छन् । विजयकुमार गच्छादार, पूर्णबहादुर खड्का, चन्द्र भण्डारी, धनराज गुरुङ, सुजाता कोइराला र महेश आचार्य चुनावी मैदानमा रहेका छन् । 

    सभापतिमा भने शेरबहादुर देउवा विजयी भइसकेका छन् ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस महाधिवेशन

  • तेस्रो आँखा