काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिलको बिक्री आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि (सोमबार) अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति भने असोज २५ गते तोकिएको ट्रेजरी खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी भाग लिन पाउनेछन् । बिक्री गरिने कुल ट्रेजरीमध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको दुई अर्ब २५ करोड र तीन सय ६४ दिने अवधिको तीन अर्ब रुपैयाँबराबरको छ ।
यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ कात्तिक २ गते, २०७९ पुस २६ गते, २०७९ चैत १२ गते र २०८० असोज २३ गते तोकिएका छन् ।

