• ट्रेण्डिङ्ग :
तनहुँमा ९९ जनामा डेंगु संक्रमण

तनहुँमा ९९ जनामा डेंगु संक्रमण


  • 4.1K
    SHARES
    • आश्विन २४, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 6.2K Views

    तनहुँमा ९९ जनामा डेंगु संक्रमण

    तनहुँ । तनहुँमा ९९ जनामा डेंगु पोजेटिभ देखिएको छ । चार सय चारजनाको स्वास्थ्य परीक्षण गरिएकामा उनीहरूमा पोजेटिभ देखिएको हो ।

    images

     तीन सय पाँचजनामा भने नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए। डेंगु रोगका बिरामीको संख्या बढ्दै गएपछि सचेत बन्नुपर्ने देखिएको छ । अन्य रोगका तुलनामा डेंगुका बिरामी बढ्दै जाँदा अस्पतालमा शय्याको अभाव हुन थालेको छ । 

    गत शनिबार मात्रै ११ जनामा डेंगु पोजेटिभ देखिएको दमौली अस्पतालका इमरजेन्सी कक्षका अहेव राजेश क्षेत्रीले जानकारी दिए । अस्पतालमा दैनिक दुई सयको हाराहारीमा स्वास्थ्य परीक्षणका लागि आउने बिरामीमध्ये एक सयदेखि एक सय पचास जनासम्म ज्वरोका हुने गरेका छन् । 

    डेंगु हुँदा मानिसमा उच्च ज्वरो आउने, ज्यान दुख्ने र बान्ता गर्ने लगायतका लक्षणहरु देखिन्छ । पन्ध्र शय्या क्षमताको अस्पतालमा ४० शय्यासम्म राखेर सेवा दिँदा पनि शय्या अपुग भएको उनले बताए ।  डेंगुबाट बच्नका लागि टोलटोलमा गएर अझै मानिसहरुमा सचेतना फैलाउनुपर्ने अवस्था देखिएको अस्पतालले जनाएको छ । 

    ज्वरो आएमा पारासिटामोल प्रयोग गर्ने, झोलिलो पदार्थ सेवन गर्ने र प्रशस्त मात्रामा पानी पिउने र आराम गर्न बिरामीलाई सुझाव दिने गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट अभिनन्दन तिवारीले जानकारी दिए । उनका अनुसार आफ्नो घर वरिपरि सफा राख्ने, लामखुट्टे न्यूनीकरण गर्ने, सुत्दा झुलको प्रयोग गर्ने, पानी जम्न नदिनेलगायतका कुरामा ध्यान दिनुपर्ने हुन्छ । 
     


    तेस्रो आँखा