• ट्रेण्डिङ्ग :
प्राधिकरणले शनिबार विद्युत् महसुल संकलन नगर्ने 

प्राधिकरणले शनिबार विद्युत् महसुल संकलन नगर्ने 


  • 3.6K
    SHARES
    • आश्विन २५, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 5.5K Views

    प्राधिकरणले शनिबार विद्युत् महसुल संकलन नगर्ने 

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शनिबार विद्युत् महसुल संकलन नगर्ने निर्णय गरेको छ । शनिबार पनि विद्युत् महसुल संकलन गर्दै आएको  प्राधिकरणले कात्तिक १ गतेदेखि शनिबार विद्युत् महसुल संकलन नगर्ने भएको हो ।

    images

    'विद्युत् उपभोक्ताहरूले विद्युत् सेवा उपभोग गरे बापत भुक्तानी गर्नुपर्ने विद्युत् महसुल प्राधिकरणका नियमित काउन्टरका अतिरिक्त हाल विभिन्न सेवा प्रदायक कम्पनहरू मार्फत पनि हरेक दिन बिहान १० बजेदेखि राति १२ बजेसम्म अनलाइन पेमेन्टका माध्यमबाट भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ,' प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै भनेको छ, 'विद्युत् महसुल बुभाउने क्रममा हुन भीडलाई ध्यानमा राख्दै अतिरिक्त सहुलियतका रूपमा शनिबार सञ्चालन गरिँदै आएको विद्युत् महसुल संकलन काउन्टर हाल खोलिराख्न आवश्यक नदेखिएकाले कात्तिक १ गतेदेखि लागु हुनेगरी शनिबार सञ्चालन हुँदै आएको महसुल संकलन काउन्टर बन्द हुने जानकारी गराइन्छ ।'


    तेस्रो आँखा