• ट्रेण्डिङ्ग :
सुन प्रतितोला पाँच सयले घट्यो

सुन प्रतितोला पाँच सयले घट्यो


  • 8.1K
    SHARES
    • मंसिर २९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 12.5K Views

    सुन प्रतितोला पाँच सयले घट्यो

    काठमाडौं, २९ मंसिर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९२ हजार ३०० तोकिएको छ । अधिल्लो दिन प्रतितोला रु. ९२ हजार ८०० मा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला आज रु. ५०० ले घटेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९१ हजार ८००   छ जसको मूल्य मङ्गलबार प्रतितोला रु. ९२ हजार ३०० तोकिएको थियो ।

    आज चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी मङ्गलबार प्रतितोला रु एक हजार २१० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७० डलर आसपास कारोबार भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # पाँच सयले

  • तेस्रो आँखा
    लेखकबाट थप