क्यानाडा, फ्रान्स र नेदरल्यान्ड्सले युक्रेनलाई अत्याधुनिक हतियार उपलब्ध गराउने

क्यानाडा, फ्रान्स र नेदरल्यान्ड्सले युक्रेनलाई अत्याधुनिक हतियार उपलब्ध गराउने


  • 4.6K
    SHARES
    • आश्विन २७, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.1K Views

    क्यानाडा, फ्रान्स र नेदरल्यान्ड्सले युक्रेनलाई अत्याधुनिक हतियार उपलब्ध गराउने

    ब्रसेल्स । नर्थ एटलान्टिक सन्धि संगठन (नेटो) मा आबद्ध केही राष्ट्रले युक्रेनका लागि अत्याधुनिक हातहतियार उपलब्ध गराउने घोषणा गरेका छन् ।

    images

    क्यानाडा, फ्रान्स र नेदरल्यान्ड्सले युक्रेनलाई तत्काल अत्याधुनिक हतियार र मिसाइल तथा राडार उपलब्ध गराउने निर्णय गरेका हुन । रुसले हालैका दिनमा युक्रेनको राजधानी किएभलगायत सहरमा गरेको मिसाइल आक्रमण पछि नेटोमा आबद्ध यी राष्ट्रले युक्रेनलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।


    बेल्जियमको ब्रसेल्समा भेला भएका नेटो राष्ट्रका प्रतिनिधिहरूले रुसको रवैयाप्रति खेद प्रकट गर्दै आगामी दिनमा युक्रेनलाई साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् । बैठकलाई सम्बोधन गर्दै अमेरिकी रक्षामन्त्री लर्ड अस्टिनले अमेरिका सधैं युक्रेनका साथ रहेको भन्दै अन्तिममा युक्रेनकै जित हुने दाबी गरे ।

    अमेरिकाले यसअघि नै सैन्य सामग्री उपलब्ध गराउने घोषणा गरिसकेको छ । जर्मनीले युक्रेनका लागि उच्च प्रविधियुक्त प्रणाली उपलब्ध गराइसकेको छ । युक्रेनका राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले नेटोको निर्णयलाई ऐतिहासिक भनेका छन् ।

  • सम्बन्धित विषय:

  • # युक्रेन

  • तेस्रो आँखा