बार्सिलिया । ब्राजिलमा कोभिड १९ विरुद्धको संघर्षका क्रममा कम्तीमा पनि चार हजार पाँच सय स्वास्थ्यकर्मीको ज्यान गएको छ । जनस्वास्थ्यसम्बन्धी एक विश्व संस्थाले गरेको अनुसन्धानबाट यो तथ्य खुलेको हो ।
अनुसन्धानबाट ब्राजिलमा कोभिड १९ को उपचारमा खटेका स्वास्थ्यकर्मीमा चार हजार पाँच सय जनाको मृत्यु भएको पाइएको हो । पब्लिब सर्भिस् इन्टरनेशसन (पिएसआइ) ले गरेको अनुसन्धानमा ब्राजिलमा मात्र चिकित्सक, नर्स र कोभिडको उपचारमा खटेका अन्य स्वास्थ्यकर्मीहरुमा चार हजार पाँच सयको मृत्यु भएको पाइएको हो ।
अनुसन्धानमा संलग्न स्वास्थ्यकर्मीका अनुसार सन् २०२० को डिसेम्बेरदेखि अहिलेसम्म उनीहरुको ज्यान गएको हो । संक्रमणका बेला भनेको ब्राजिलमा कोभिड १९ को एक उच्च तहमा महामारी पुगेको समय हो । यसरी ज्यान जानेमा एक हजार एक सय ८४ जना नर्स रहेका छन् । उनीहरु ब्राजिलमा कोभिड १९ महामारी उच्च बिन्दु पुगेका बेला कार्यरत रहेका थिए ।
ब्राजिल कोभिड १९ बाट संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी मानिसहरुको निधन भएको देश हो । यहाँ छ लाख ८७ हजारजनाभन्दा बढीको ज्यान गएको छ । कोभिडबाट सबैभन्दा बढी संक्रमित भएका देश भारत र अमेरिका हुन् । तर कोभिडबाहु भएको मृत्यु दर अमेरिका र ब्राजिलका तुलनामा भारतमा भने कम छ ।
पिएसआइले विश्वका एक सय ५४ देशका करिब तीन करोड स्वास्थ्यकर्मीमा यो अनुसन्धान गरेको जनाएको छ । यसका लागि सो संस्थाले स्वास्थ्यसम्बन्धी विश्वका सात सयजति ट्रेड युनियन संस्थाहरु पनि जम्मा पारेको बताएको छ ।
