• ट्रेण्डिङ्ग :
नवौँ राष्ट्रिय खेलकुद
आईटीएफमा सेनालाई तीन र गण्डकीलाई एक स्वर्ण

आईटीएफमा सेनालाई तीन र गण्डकीलाई एक स्वर्ण


  • 4.9K
    SHARES
    • आश्विन ३०, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.5K Views

    आईटीएफमा सेनालाई तीन र गण्डकीलाई एक स्वर्ण

    काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबारदेखि बागलुङमा सुरु भएको आइटिएफ तेक्वान्दोअन्तर्गत एकल प्याट्रनमा विभागीय टिम नेपाली सेनाले तीन र गण्डकी प्रदेशले एक स्वर्ण हात पारेको छ ।

    images

    निलो पेटीतर्फ नेपाली सेनाका धनसिँह परियार, कालो पेटी पहिलो डानमा सेनाकै भीमबहादुर तामाङ र निलो पेटी महिलामा सुस्तिमा श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् । रोतो पटीतर्फ गण्डकी प्रदेशका भीमबहादुर गाहाले स्वर्ण पदक र लुम्बिनी प्रदेशका सन्देश सुनारले रजत पदक हासिल गरेका छन् । 

    निलो पेटीमा प्याट्रनतर्फ लुम्बिनीका सफल परियारले रजत, कालो पेटीमा गण्डकी प्रदेशका प्रविण बुढाले रजत र निलो पेटी महिलामा गण्डकीकै मोनिका कुँवरले रजत पदक प्राप्त गरेको नेपाल आइटिएफका महासचिव अञ्जु रावतले जानकारी दिइन् ।

    आइटिएफका एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन र टिम प्याट्रनका बाँकी खेल आइतबार बिहानदेखि सुरु हुनेछन् । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडी सहभागी छन् । आइटिएफ तेक्वान्दोमा ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ । प्रतियोगिताको शनिबार बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले उद्घाटन गरेका थिए । 

  • सम्बन्धित विषय:

  • # खेलकुद

  • तेस्रो आँखा