साताको पहिलो दिन
सेयर बजार साढे ९ अंकले घट्यो

सेयर बजार साढे ९ अंकले घट्यो


  • 7.5K
    SHARES
    • आश्विन ३०, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.5K Views

    सेयर बजार  साढे ९ अंकले घट्यो

    काठमाडौं । साताको पहिलो दिन धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि ओरालो लागेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

    images

    नेप्से परिसूचक नौ दशमलब ६९ अंकले ओरालो लागेर एक हजार आठ सय ६० दशमलब ९४ मा सिमित भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक उक दशमलब ७२ अंकले ओरालो लागेर तीन सय ६५ दशमलब ४२ मा सिमित भएको छ । 

    कूल दुई सय २१ कम्पनीको २५ लाख ७४ हजार सात सय ८५ कित्ता शेयर ८० करोड ३५ लाख २५ हजार पाँच सय ३३ रुपियाँ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये आइतबार दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको सेयर मूल्यमा गिरावट भएको छ । आइतबारको कारोबारपछि बजार पूँजीकरण २६ खर्ब ७६ अर्ब ३५ करोड ३४ लाख ४७ हजार सात सय ७८ रुपियाँ बराबर छ । 

    नेप्सेका अनुसार कारोबारका आधारमा एभरेष्ट बैंक शीर्ष स्थानमा छ । सो बैंकको आठ करोड ४७ लाख ५९ हजार सात सय ३९ रुपियाँ बराबरको कारोबार भयो । गरिमा विकास बैंक चार करोड ८८ लाख छ हजार, हिमालयन डिस्टिलरी तीन करोड ३२ लाख ४३ हजार तीन सय ५७, शिवम् सिमेन्ट दुई करोड ९९ लाख ८९ हजार एक सय दुई र रिडी पावर कम्पनी दुई करोड ७८ लाख १४ हजार एक सय ७१ रुपियाँ बराबरको कारोबार भई शीर्ष पाँच भित्र रहेका छन् ।

    नेप्सेका अनुसार अभियान लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतको बृद्धि भई सकारात्मक सर्किट लाग्यो । स्ट्यान्डर्ड चार्टड बैंक सात दशमलब २५, एभरेष्ट बैंक पाँच दशमलब १५, नेपाल एसबीआई बैंक तीन दशमलब ७७ र रिलायन्स फाइनान्सका लगानीकर्ताले तीन दशमलब २६ प्रतिशतले कमाएका छन् । 

    त्यस्तै, पिपल्स पावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतले गुमाएपछि नकारात्मक सर्किट लागेको छ । सिटिजन बैंक सात दशमलब शून्य तीन, आशा लघुवित्त पाँच दशमलब ८६, मैलुङ खोला जलविद्युत् पाँच दशमलब ७७ र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलब ३५ प्रतिशतले गुमाएका छन् ।

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से घट्यो

  • तेस्रो आँखा