राष्ट्र बैंकद्वारा १८ अर्ब २० करोडको ट्रेजरी आह्‌वान

राष्ट्र बैंकद्वारा १८ अर्ब २० करोडको ट्रेजरी आह्‌वान


  • 5.3K
    SHARES
    • आश्विन ३१, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.1K Views

    राष्ट्र बैंकद्वारा १८ अर्ब २० करोडको ट्रेजरी आह्‌वान

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको आह्‌वान गरेको छ । राष्ट्र बैंकका अनुसार आज (सोमबार) अपराह्‌न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

    images

    जारी मिति भने भोलि (कात्तिक १ गते) तोकिएको ट्रेजरी खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् ।

    बिक्री गरिने कुल ट्रेजरीमध्ये २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको पाँच अर्ब २० करोड, १८२ दिने अवधिको पाँच अर्ब र ३६४ दिने अवधिको ६ अर्ब रुपैयाँबराबरको छ ।

    राष्ट्र बैंकका अनुसार यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ कात्तिक २९ गते, २०७९ माघ ३ गते, २०८० वैशाख ५ गते र २०८० असोज ३० गते तोकिएका छन् ।

    Letter-NRB.jpg

  • सम्बन्धित विषय:

  • # नेपाल राष्ट्र बैंक

  • तेस्रो आँखा