गण्डकी  प्रदेशले म्याराथनमा  स्वर्ण पदक जित्यो

गण्डकी  प्रदेशले म्याराथनमा  स्वर्ण पदक जित्यो


  • 4.8K
    SHARES
    • कार्तिक १, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 7.4K Views

    गण्डकी  प्रदेशले म्याराथनमा  स्वर्ण पदक जित्यो

    कास्की । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न म्याराथनमा पुरुषतर्फ गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ । गण्डकीका अनिश थापामगरले एथ्लेटिक्स अन्तर्गतको म्याराथन विधामा प्रदेशलाई स्वर्ण दिलाए । भारतीय सेनामा कार्यरत उनी पर्वत जिल्लाको हुन् ।

    images

    अनिशले म्याराथनको ४२.१९५ किलोमिटर दूरी दुई घण्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गरी च्याम्पियन बनेका छन् । यसैगरी विभागीय नेपाली सेनाका कृष्ण बस्नेतले दुई घन्टा २३ मिनेट १४ सेकेन्डमा दूरी पार गरी रजत पदक जित्दा सशस्त्र बल एपिएफका सन्तोष विक्रम विष्टले दुई घन्टा ३० मिनेट ५४ मिनेटमा निर्धारित दूरी पार गरी कास्य पदक जितेका छन् ।

    पोखरा रंगशालाबाट सुरु भएको म्याराथन पोखराको विभिन्न स्थानहरुको परिक्रमापछि पुनः रंगशालामै आएर टुंगिएको हो । म्याराथन दौडमा १८ जना सहभागी थिए । 

  • सम्बन्धित विषय:

  • # गण्डकी प्रदेश
  • # म्याराथन
  • # स्वर्ण पदक

  • तेस्रो आँखा