नवौं राष्ट्रिय खेलकुद
आर्मीकी जयरानीले तेस्रो स्वर्ण हात पारिन्, लङजम्पमा राष्ट्रिय कीर्तिमान

आर्मीकी जयरानीले तेस्रो स्वर्ण हात पारिन्, लङजम्पमा राष्ट्रिय कीर्तिमान


  • 5.6K
    SHARES
    • कार्तिक १, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    आर्मीकी जयरानीले तेस्रो स्वर्ण हात पारिन्, लङजम्पमा राष्ट्रिय कीर्तिमान

    पोखरा । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सतर्फ महिला लङजम्पमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । 

    images

    कास्कीको पोखरा रंगशालामा मंगलबार सम्पन्न महिला लङजम्पमा थारुले पाँच दशमलव ५८ मिटर जम्प गर्दै कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् । यसअघि लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा पाँच दशमलव ४७ मिटरको कीर्तिमान थियो । निशा मंगलबारको खेलमा स्वर्ण पदकबाट चुकिन् । लुम्बिनीकी निशाले पाँच दशमलव ४९ मिटर जम्प गर्दै रजत पदक प्राप्त गरिन् । 

    सो स्पर्धामा सशस्त्र प्रहरीको एपिएफ क्लबकी शिला चौधरीले ५ दशमलव ३१ मिटर जम्प गर्दै कास्य पदक प्राप्त गरिन् । नवौं राष्ट्रिय खेलकुदमा जयरानीको यो तेस्रो स्वर्ण पदक हो । यसअघि उनले महिला चार सय मिटर हडल्स र एक सय मिटर हडल्समा स्वर्ण पदक जितिसकेकी छिन् ।