महिला कुस्तीमा सबै स्वर्ण सेना र सुदूरपश्चिमका पोल्टामा

महिला कुस्तीमा सबै स्वर्ण सेना र सुदूरपश्चिमका पोल्टामा


  • 5.7K
    SHARES
    • कार्तिक १, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    महिला कुस्तीमा सबै स्वर्ण सेना र सुदूरपश्चिमका पोल्टामा

     काठमाडौं । पूर्वी नवलपरासीमा संचालन भएको नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिलातर्फ कुस्तीमा  सबै स्वर्ण पदक विभागीय टोली नेपाली सेना र सुदूर पश्चिम प्रदेशले हातपारेका छन् । मंगलबार भएको प्रतिस्पर्धामा विभागीय टोली नेपाली नेपाली सेना र सुदूर पश्चिम प्रदेशले समान पाँच-पाँच  स्वर्ण पदक हात पारेका हुन् । 

    images

    नेपाली सेनाका लागी ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ्ग, ६२ केजी तौल समूहमा सुशिला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मिरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक जिते ।

    त्यसैगरी सुदूरपश्चिम प्रदेशका लागी ५० केजी तौल समूहमा दमयन्ती बोहोरा, ५३ केजी तौल समूहमा मनिसा सिंह, ५५ केजी तौल समूहमा संगिता धामी, ५९ केजी तौल समूहमा कोमल खत्री र ७२ केजी तौल समूहमा हेमा भट्टले श्रेष्ठले स्वर्ण पदक जितेका हुन् ।

    कुस्तीमा महिलातर्फ विभिन्न १० वटा तौल समूहका खेलमा ५९ महिला खेलाडी सहभागी थिए । कावासोती-१६स्थित थारु राष्ट्रिय संग्रहालयको हलमा संचालन भएको उक्त प्रतियोगितामा तीन विभागीय टोली सशस्त्र, आर्मी र पुलिसका साथै सात प्रदेशका दश टोलीको सहभागिता थियो । 

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • # महिला कुस्ती

  • तेस्रो आँखा