• ट्रेण्डिङ्ग :
कोभिड अपडेट
५३ जना सङ्क्रमित थपिए

५३ जना सङ्क्रमित थपिए


  • 5.1K
    SHARES
    • कार्तिक ३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    ५३ जना सङ्क्रमित थपिए

    विगत २४ घण्टामा ५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार पाँच सय ७१ परीक्षणमध्ये सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ । आज ५१ जना सङ्क्रमणमुक्त भइ घर फर्किएका छन् । यो दर ९८.७ प्रतिशत रहेको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या सात सय २७ जना पुगेको छ । सो अवधिमा १५ हजार तीन सय ५९ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

    काठमाडौं ।  विगत २४ घण्टामा ५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार पाँच सय ७१ परीक्षणमध्ये सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ ।

    images

    आज ५१ जना सङ्क्रमणमुक्त भइ घर फर्किएका छन् । यो दर ९८.७ प्रतिशत रहेको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या सात सय २७ जना पुगेको छ । सो अवधिमा १५ हजार तीन सय ५९ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

    हालसम्म लक्षित जनसङ्ख्याको ९९.५ प्रतिशतले एक मात्रा र ९५.७ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । 

  • सम्बन्धित विषय:

  • # कोभिड अपडेट

  • तेस्रो आँखा
    लेखकबाट थप