छठ पर्व : आज ‘खरना’ मनाउँदै

छठ पर्व : आज ‘खरना’ मनाउँदै


  • 4.4K
    SHARES
    • कार्तिक १२, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 6.8K Views

    छठ पर्व : आज ‘खरना’ मनाउँदै

    काठमाडौँ, कात्तिक १२ । छठ पर्व अन्तरगत आज व्रतालुले ‘खरना’ मनाउँदैछन् । हिजो ‘नहाय–खाय’गरेर व्रत सुरू गरेका श्रद्धालुले आज खरना गर्न लागेका हुन् । छठको दोस्रो दिन दिनभर व्रत बसेर साँझ चन्द्रदर्शन गर्ने विधि छ ।

    images

    यसपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर हालेर खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाउने र व्रतालु तथा परिवारका सदस्यले प्रसाद खाने चलन छ। भोलि निराहार व्रत बसेर जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिइन्छ ।

    यो विधिलाई ‘सझुका अरख’ भनिन्छ। पर्सि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व सकिन्छ । पर्वको अवसरमा सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । 


    तेस्रो आँखा