• ट्रेण्डिङ्ग :
तिहारमा ७५ करोड भन्दा धेरैको फलफूल आयात 

तिहारमा ७५ करोड भन्दा धेरैको फलफूल आयात 


  • 5.6K
    SHARES
    • कार्तिक १२, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    तिहारमा ७५ करोड भन्दा धेरैको फलफूल आयात 


    काठमाडौँ, कात्तिक १२ । नेपालीहरूको प्रमुख चाड दसैँ, तिहार तथा छठको लागि फलफूलको आयात बढेको छ । यस वर्षको तिहारमा मात्रै ७५ करोडभन्दा बढीको फलफूल आयात भएको छ । काठमाडौँको कुलेश्वर, कालिमाटी लगायतका तरकारी तथा फलफूल पसलमा मात्रै ७५ करोडभन्दा धेरैको फलफूल आयात भएको छ ।

    images

    नेपालमा वार्षिक ७ अर्ब रूपैयाँ बराबरको स्याउ आयात हुने गरेकामा तिहारमा मात्रै ३० करोडको स्याउ, ४० करोड रूपैयाँ बराबरको केरा अनि ५ करोडको सुन्तला, मौसम लगायतका फलफूल छिमेकी भारतसहितका देशबाट आयात गरिएका छन् । कृषिविद्हरू भने नेपालमै उत्पादनको सम्भावना भए पनि करोडौँ रूपैयाँको फलफूल आयात गर्नु उचित नभएको बताउँछन् ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पूर्व सचिव डा. योगेन्द्र कार्कीले सडक लगायतका पूर्वाधार र बजारको अभाव हुँदा नेपाली उत्पादन खेर गइरहेको प्रति सरकारको ध्यान जानुपर्ने बताए । तिहारका लागि २० करोड रुपैयाँको स्याउ चीनबाट र १० करोडको चकलेटी स्याउ भारतको कास्मिरबाट भित्रिँदा मनाङ, मुस्ताङलगायत जिल्लाबाट करिब तीन करोडको स्याउ उपत्यका भित्रिएको छ ।

    नेपालभर कूल स्याउ खपतको करिब १० प्रतिशत मात्रै नेपाली स्याउले स्थान पाएको नेपाल फलफूल थोक व्यवसाय सङ्घले जनाएको छ ।


    तेस्रो आँखा