छठले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्छ :  राष्ट्रपति भण्डारी

छठले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्छ :  राष्ट्रपति भण्डारी


  • 4.4K
    SHARES
    • कार्तिक १३, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 6.7K Views

    छठले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्छ :  राष्ट्रपति भण्डारी

    काठमाडौँ,कात्तिक १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छिन् । आज शुभकामना सन्देश जारी गर्दै उनले प्रकृतिको पूजा गरिने छठपर्वका माध्यमबाट भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधता युक्त नेपालमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना बलियो हुने विश्वास समेत व्यक्त गरिन् ।

    images

    सगरी नेपालको तराई तथा मधेस क्षेत्रमा मनाइने छठपर्व हाल आएर काठमाडौं उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लामा समेत सूर्य देवता र छठीमाताको पूजा अर्चना गर्दै श्रद्धा एवं भक्तिपूर्वक मनाउन थालिएको राष्ट्रपति भण्डारीको सन्देशमा उल्लेख छ ।


    तेस्रो आँखा