छठ मनाउँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्न प्रधानमन्त्रीको आग्रह

छठ मनाउँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्न प्रधानमन्त्रीको आग्रह


  • 4.3K
    SHARES
    • कार्तिक १३, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 6.6K Views

    छठ मनाउँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्न प्रधानमन्त्रीको आग्रह

    काठमाडौँ, कात्तिक १३ । प्रधानमन्त्री शेरबहादुर देउवाले तराई मधेसलगायत मुलुकका विभिन्न भागमा मनाइने छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरेका छन् । उनले यो पर्वले नेपाली समाजमा सांस्कृतिक एकताको भावना वृद्धि गर्न मद्दत पुगेको उल्लेख गरे ।

    images

    छठ नेपाली समाजमा शान्ति, सद्भाव र पवित्रता प्रवद्र्धन गर्ने धार्मिक एवं सांस्कृतिक पर्वको रूपमा प्रसिद्ध रहेको देउवाले उल्लेख गरेका छन् । विगतमा विशेषगरी तराईरमधेसमा मनाइने यो पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको साझा सांस्कृतिक पर्वको रूपमा नेपालभर विस्तार भएको उल्लेख गर्दै उनले हाम्रा सांस्कृतिक पर्व र संस्कार समाजका अमूल्य गहना भएको बताएका छन् । कोभिड–१९ र डेङ्गी जस्ता रोगको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका न्यूनतम मापदण्डको पालना गर्दै छठ पर्व मनाउन पनि प्रधानमन्त्री देउवाले आग्रह गरेका छन् । 


    तेस्रो आँखा