प्रचण्डले मतदातालाई भने - बिश्वास गर्नुस्, गुनासो गर्ने ठाउँ दिने छैन

प्रचण्डले मतदातालाई भने - बिश्वास गर्नुस्, गुनासो गर्ने ठाउँ दिने छैन


  • 6.1K
    SHARES
    • कार्तिक १३, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    प्रचण्डले मतदातालाई भने - बिश्वास गर्नुस्, गुनासो गर्ने ठाउँ दिने छैन


    दाङ,कात्तिक १३ । सत्ता गठबन्धनका तर्फबाट दाङ क्षेत्र नम्बर २ (ख)का प्रदेशसभा सदस्य उम्मेदवार प्रचण्ड न्यौपानेले चुनावी घरदैलो तिब्र पारेका छन् । आफ्नो क्षेत्रका मतदाताहरुको गुनासा र माग सुन्नका लागि गउँ केन्द्रीत बनेका न्यौपानले ति गुनासा र माग सम्बोधनको बचन समेत दिएका छन् । उनका अनुसार मतदाताबाट नागरिकका आधारभुत आवश्यक्ताको खोजी भएको छ । न्यौपानेले मतदाताहरुबाट आएका माग जटिल प्रकृतिका नभएको बुझेका छन् ।

    images

    उनले नागरिकका आधारभुत आवश्यक्ता सम्बोधनका लागि राज्य उत्तरदायि बन्नु पर्ने भन्दै राज्यलाई नागरिक प्रति उत्तरदायि बनाउन आफू सक्षम भएको बताउँछन् । ‘अहिले मतदाताहरुबाट जति पनि माग र गुनासाहरु सुनिन्छन् ति नागरिकका आधारभुत आवश्यक्ता संग जोडिएका बिषयहरु मात्रै छन्, जुन माग सम्बोधन राज्य उत्तरदायि भए मात्रै हुनछन्,’ न्यौपाने भन्छन् ‘मेरो उम्मेदवारी भनेकै नागरिकका दैनिक जीवनसंग जोडिने आवश्यक्ता प्रति राज्यलाई जिम्मेवार बनाउनु नै हो ।’


    चुनावी अभियानका क्रममा रहेका न्यौपानेले आईतबार पनि मतदाताको घरदैलो टेकेका छन् । उनले घोराही उपमहानगरको वडा नम्बर ९ का विभिन्न टोल, घोराही ६ का विभिन्न टोल लगाएतका मतदाताहरुसंग सामिप्यता कसेका छन् । मतदाताहरुले उनीसमक्ष सडक, पानी, सिँचाई लगाएतका माग सम्बोधन नभएको सुनाएका थिए । न्यौपाने युवा नेता भएका कारण पनि अब यी आवश्यक्ता उनै न्यौपानेले सम्बोधन गर्न सक्ने आशा पनि मतदाताहरुले व्यक्त गरेका थिए ।

    जवाफमा उम्मेदवार न्यौपानेले आफू झण्डै तीन दशक लामो राजनीतिक जीवन पछि पहिलो पटक जनप्रतिनिधि बन्ने दौडमा रहेको भन्दै जनप्रतिनिधि बनेर हरेक नागरिकको आधारभुत आवश्यक्ता पुरा गर्ने अभियानमा सशक्त रुपमा लाग्ने बताए । 
    ‘म जनप्रतिनिधि बन्न पहिलो पटक चुनावी दौडमा छु,’ उनले भने ‘म भोट माग्न मात्रै तपाईहरु समक्ष आएको हैन, तपाईहरुका समस्या पनि सुन्न आएको हुँ, र सुन्ने मात्रै हैन तपाईहरुका समस्या समाधान गर्ने अठोट पनि गर्छु ।’

    साथै उनले आफूले यि आवश्यक्ता सम्बोधन गर्न नसके राजनीतिक जीवनबाट बिदा लिने समेत उल्लेख गरे । ‘तपाईहरुले दिएको मतको मैले दुरुपयोग गरेँ, वा चुनाव जितेर तपाईको गुनासो आउने ठाउँ रह्यो भने मैले राजनीति गर्नुको के अर्थ ?’ उनले मतदाताहरुलाई भने ‘यदि मैले जिते भने पनि तपाईहरुले गुनासो गर्ने ठाउँ रह्यो भने राजनीतिबाट बिदा लिएर बस्छु ।’

     


    तेस्रो आँखा