सकियो छठ

सकियो छठ


  • 4.3K
    SHARES
    • कार्तिक १४, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 6.5K Views

    सकियो छठ


    काठमाडौँ, कात्तिक १४ । आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइएसँगै यो वर्षको छठ पर्व समापन भएको छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । भक्तजनले लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गरेका छन् । पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोत मानेर विशेष पूजा गर्ने परम्परा रहेको संस्कृतिविद् डा राजेन्द्र बिमलले बतए ।

    images

    छठको अवसरमा सूर्य पूजा र दर्शन गरी विवाहिता महिला वा पुरुषले पतिपत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर, वधु प्राप्तिको कामना गर्छन् । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व छठ गत शुक्रबारदेखि सुरु भएको हो । 


    तेस्रो आँखा