राष्ट्रलाई समृद्ध बनाउन गठबन्धनलाई भोट : दिपक गिरी

राष्ट्रलाई समृद्ध बनाउन गठबन्धनलाई भोट : दिपक गिरी


  • 5.1K
    SHARES
    • कार्तिक १५, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 7.8K Views

    राष्ट्रलाई समृद्ध बनाउन गठबन्धनलाई भोट : दिपक गिरी

    दाङ निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक गिरीले सिंगो राष्ट्रलाई समृद्ध बनाउन गठबन्धनका उम्मेदवारलाइ भोट दिन अपिल गरेका छन ।

    images

    नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ ले मंगलवार बिहान खर्चवामा आयोजना गरेको चुनावी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै गिरीले राष्ट्रियता,लोकतान्त्रिक संविधान रक्षा,अतिवादलाई परास्त गर्न,राष्ट्रलाई समृद्ध बनाउनका लागि कतै दुविधामा नपरि गठबन्धनका उम्मेद्वारलाई भोट दिन अपिल गरेका हुन ।


    नेपाली कांग्रेसका केन्द्रिय सदस्य गिरीले केपी वलि नेतृत्वको सरकारले गरेका अतिवाद,नितिगत भ्रष्टचार,सुन काण्ड,निर्मला काण्ड लगाएतका अवान्छित गतिविधिहरु जनताले भुल्न नहुने तर्क गरे ।

    केपीकै अतिवादको कारण नेकपा एमालेसगं तालमेल गरेका राजनीतिक दलहरु टिक्न नसकेको र नयाँ पार्टी खडा गरि अन्तिममा संविधान रक्षाको लागि परिवर्तनकारी शक्तिहरु एक ठाउँमा उभिनु परेको गिरीले दाबी गरे ।

    वलि सरकारले लोेकतान्त्रिक संविधान धरापमा पार्न खोजेपछि शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकाल बनेको बताए । पुर्व सिचाँई मन्त्री समेत रहेका गिरीले जनताका हितका निम्ती विगतमा पनि थुप्रै पुर्वाधार विकासका कामहरु गरेको र यसपटक पनि आफु सहित गठबन्धनका उम्मेदवारहरु बिजयी भएमा योजनाबद्ध तरिकाले विकासका कामलाई अघि बढाउने र दाङ जिल्लाको मुहार फेर्ने प्रतिबद्धता जनाए ।


    कार्यक्रममा दाङ निर्वाचन क्षेत्र नं. ३ (क) का प्रदेश सभा सदस्य पदका उम्मेदवार डिल्ली बहादुर चौधरीले गठबन्धन साझा डुगांमा उभिएको बताउँदै यसलाई बचाउन सबैमा एकताको खाँचो रहेको बताए । चौधरीले भने,‘प्रतिगमनले गरे झै हामीले झुठको खेती गर्दैनौ र आफ्नो परिवारबाट कसैलाई पनि ठेकेदार बनाउने काम गर्दैनौ,हामी जे बोल्छौ त्यो गछौँ । ’

     

     


    तेस्रो आँखा