पार्टी भन्दा संविधान कैयौँ गुणा ठुलो हो : मन्त्री चौधरी

पार्टी भन्दा संविधान कैयौँ गुणा ठुलो हो : मन्त्री चौधरी


  • 4.9K
    SHARES
    • कार्तिक १७, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    पार्टी भन्दा संविधान कैयौँ गुणा ठुलो हो : मन्त्री चौधरी

    दाङ ,कार्तिक १७।
    सहरी विकास मन्त्री मेटमणि चौधरीले संविधान पार्टी भन्दा कैयौँ गुणा ठुलो रहेको धारणा व्यक्त गरेका छन् ।  
    सत्ता गठबन्धनले विहिबार आयोजना गरेको राप्ती गाउँपालिका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चाधरीले भने, ‘नयाँ संविधान बनाउन कुनै भूमिका नखेलेकाहरुलाई अथवा संविधानै चाहिन्न भन्नेहरुलाई त यी सबै उपलब्धिहरु सामान्य लाग्लान् तर हिजो हाम्रा अग्रजहरु, शहिदहरु र स्वयम् हामी सहभागी भएर लडेर ल्याएको यो ब्यबस्था, यो संविधान चानचुने संघर्षबाट प्राप्त भएको होइन ।’

    images


    नयाँ संविधानले समाजका सबैखाले वर्ग, तह र तप्काका जनताका मुद्दा सम्बोधन गरेको बताउँदै मन्त्री चौधरीले तत्कालीन प्रधानमन्त्री केपी ओलीले जनमतको अपमान गरेको बताए ।  ‘एक जना सन्की, एक जना मूर्ख शासकको हातमा मुलुक पुग्दा सबै बर्बाद भयो । साराका सारा उपलब्धिहरु गुम्ने खतरा पैदा भयो । र एक जना जननिर्वाचित सांसद हुनुको नाताले हामीले संविधान पार्टी भन्दा कैयौँ गुणा ठुलो कुरा हो भन्ने महसुस गर्याैँ । त्यसैकारण जोखिम मोल्न हामीहरु तयार भयौँ ।’ मन्त्री चौधरीको भनाई थियो ।  

    सत्ता गठबन्धन दलका कार्यकर्ताहरुलाई प्रदेश मन्त्री इन्द्रजित थारु, समानुपातिक उम्मेदवार शुशिला चौधरी, वुद्धिजिवि देव नारायण चौधरी लगायतले सक्रियतापूर्वक चुनावी माहोल निर्माणमा लाग्न निर्देशन दिएका थिए ।


    तेस्रो आँखा