दाङ,कार्तिक,२० । सत्ता गठबन्धनका तर्फबाट दाङको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का उम्मेदवार दीपक गिरीले टरिगाउँ एअरपोर्ट र राप्ती प्रादेशिक अस्पतालमा आफ्नो अर्जुनदृष्टि रहेको बताएका छन् । तुलसीपुर–६ गाइडरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्व सिंचाई मन्त्री गिरीले आफू निर्वाचित भए टरिगाउँ एअरपोर्ट र राप्ती प्रादेशिक अस्पतालको स्तरोन्नतिका लागि दत्तचित्त भएर लाग्ने बताए ।
उनले तुलसीपुर–घोराही लथालिंग सडकमा पनि आफ्नो विशेष ध्यान जाने बताए । गिरीले प्लानिङ सहितको गाइडर बनाउन आफ्नो विशेष भूमिका रहने उल्लेख गरे । राप्ती बबई क्याम्पसको स्थापना गरेर पश्चिम दाङमा शिक्षाको विकास र गुणस्तरमा भूमिका खेलेको स्मरण गराउँदै उनले ९ महिना सिंचाई मन्त्री
हुँदा बृहत दाङ सिंचाई आयोजना सुरुवात गरेको बताए । कार्यक्रममा प्रदेशसभा ३(१) का उम्मेदवार लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी डिल्लीबहादुर चौधरीले रुख चिन्हमा मतदान गरी आफूहरुलाई विजयी बनाउन आग्रह गरे ।
