एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुखमा व्यापारी दुगड र उपप्रमुखमा प्रसाईं चयन

एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुखमा व्यापारी दुगड र उपप्रमुखमा प्रसाईं चयन


  • 8.3K
    SHARES
    • पौष २, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.7K Views

    एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुखमा व्यापारी  दुगड र उपप्रमुखमा प्रसाईं चयन
    • तेस्रो आँखा डेस्क 

    काठमाडौं, २ पुस। नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुख व्यापारी  मोतीलाल दुगड चयन भएका छन् । 

    images

    एमाले केन्द्रीय कमिटी बैठकले उनलाई विभागको प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो ।  दुगड केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको विशेष आर्थिक सल्लाहकार थिए । १२ असोज २०७१ मा एमाले प्रवेश गरेका दुगडलाई ओलीले २०७६ मंसिर ५ मा  उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री समेत बनाएका थिए ।  

    विभागको उपप्रमुखमा मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले जिम्मेवारी पाएका छन् । कुनै वेला माओवादी केन्द्र निकट प्रसाईं ७ कात्तिक २०७८ मा एमाले प्रवेश गरेका थिए । उनलाई ओलीले एमाले केन्द्रीय सदस्यमा पनि मनोनित गरिसकेका छन् ।

  • सम्बन्धित विषय:

  • # एमाले

  • तेस्रो आँखा