पिछडिएका क्षेत्रलाई प्राथमिकता : खनाल

पिछडिएका क्षेत्रलाई प्राथमिकता : खनाल


  • 4.2K
    SHARES
    • कार्तिक २४, २०७९ बिहीबार
    • ३ बर्षs अघि
    • 6.4K Views

    पिछडिएका क्षेत्रलाई प्राथमिकता : खनाल

    प्रदेश सभा दाङ क्षेत्र नं २ (१) का सदस्य राजु खनालले पिछडिएको क्षेत्रलाई प्राथमिकता दिएर अगाडि वढने बताएका छन् । बंगलाचुली गाउँपालिकाका विभिन्न स्थानमा आयोजना गरिएको चुनावी सभालाई सम्वोधन गदै यस्तो बताएका हुन ।                          पहाडी क्षेत्र विकासको हिसावले पछाडि परेको भन्दै आफुहरुले विशेष प्राथमिक्ता दिएर अगाडि वढने उनको भनाइ रहेको थियो । ‘हामी क्षेत्रको समस्याका बारेमा जानकार छौ त्यसको समस्याको समाधान गर्न लागि पर्ने छौ’ उनले भने ।

    images

    यस क्षेत्रको विकासमा विगतका वर्षहरुमा पनि काम गरेको भन्दै आउदा दिनमा पनि निरन्तरता दिने उनको भनाइ रहेको थियो । ‘केही काम भएका छन केही बाकी छ वाकी रहेका कामहरु पुरा गर्न हामी लागि पर्ने छौ’ उनले भने । आफुहरु सधै जनताको साथमा रहेको समेत उनले बताए । त्यसैले जनताले पनि आफुहरुलाई साथ दिने उनको भनाइ रहेको थियो ।                        देशका लागि गठवन्धन आवश्यक रहेकाले गठवन्धनका उम्मेद्वारहरुलाई विजयी बनाउन समेत उनले आग्रह गरेका थिए ।


    तेस्रो आँखा