मतदाताको माग : विकासको ग्यारेन्टी

मतदाताको माग : विकासको ग्यारेन्टी


  • 4.5K
    SHARES
    • कार्तिक २५, २०७९ शुक्रबार
    • ३ बर्षs अघि
    • 6.9K Views

    मतदाताको माग : विकासको ग्यारेन्टी

    सुशीला वली 
    घोराही, २५ कात्तिक (रासस) : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरूका चुनावीसभा पनि बढ्दै गएका छन् । मतदातालाई आश्वासन बाँड्दै निर्वाचनमा आफ्नो पक्षमा मत तान्नका लागि सत्ता गठबन्धनमा आबद्ध दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) तथा प्रमुख विपक्षी दल नेकपा (एमाले)का उम्मेदवारसँगै साना पार्टीका उम्मेदवारसमेत आफ्ना एजेण्डा लिएर चुनावी कार्यक्रम तथा भेटघाटमा लागिरहँदा मतदाताले भने उम्मेदवारलाई आश्वासनभन्दा विकासका योजना ल्याउने ग्यारेन्टी गर्न माग गर्ने गरेका छन् ।

    images

    निर्वाचनका क्रममा आश्वासन दिने तर नेताहरूले काम नगर्दा जनताले बर्सेनि उही माग दोहो¥याउनुपर्ने अवस्था रहेको घोराही उपमहानगरपालिका–७ पर्सा निवासी भीमसेन पुनमगरले बताए । उनका अनुसार नेताको आश्वासनमा भरपर्दा आफ्नो टोलमा विद्युत् पोल गाडिएको पाँच वर्ष भइसक्दा पनि पोलमा तार तान्ने काम पूरा हुन नसकेको बताए  ।

    ‘जनताको धेरै विरोधपछि गत वर्ष पाँचवटा पोलमा तार तान्ने काम भएको थियो । तर अपूरो तार तान्ने काम गर्दा गाडेका विद्युत्का दुईवटा पोलसमेत बर्सातको समयमा ढलेका छन्”,सत्ता गठबन्धनका उम्मेदवार रेखा शर्मालाई स्थानीय पुनले भने  ‘अब त सडकमा गाडेका पोलसमेत ढलेपछि घरमा बत्ती बाल्ने आश पनि मर्न थालेको छ ।” उनका अनुसार आफ्नो गाउँमा पाँच वर्षको अवधिमा पाँचवटा पोलमा मात्रै विद्युत् विस्तारको काम भएको छ ।

    घर अगाडिका विद्युत् पोलमा तार नहुँदा आर्थिकरूपमा सम्पन्न परिवारले टाढाबाटै तार तानेर विद्युत् बत्ती बाले पनि गरिब परिवारले बत्ती बाल्न नसक्ने अवस्था रहेको बताए  । उनका अनुसार आफ्नो गाउँमात्रै नभएर पर्साबाट राजपुर जोड्ने बाटोमा गाडेका पोलको अवस्था पनि उस्तै छन् । जसले गर्दा ३०–३५ घर विद्युत् बत्तीबाट वञ्चित हुनुपरेको उनको भनाइ थियो । त्यसैगरी घोराही उपमहानगरपालिका–७ बेसाही निवासी भुपबहादुर शाहलाई पनि नेताको आश्वासनको विश्वास लाग्न छाडेको छ । 
    निर्वाचनको समयमा जनताका सबै माग पूरा गर्ने बताउने तर निर्वाचन जितेपछि गाउँ नै नफर्किने नेताको प्रवृत्ति रहेको भन्दै उनले चुनावका क्रममा दिने आश्वासनको विश्वास लाग्न छाडेको बताए  । उनका अनुसार नेताले काम गर्ने प्रवृत्तिको एउटा उदाहरण हो, गुर्जेखोलामा तटबन्धन गरेर बेसाही गाउँमा सिँचाइको व्यवस्था गरिने आश्वासन ।  ‘गाउँमा सिँचाइका लागि कच्ची कुलो छ तर भरपर्दाे छैन । डेढ दशक अघिदेखि स्थानीयवासीले गाउँमा आउने हरेक नेतासँग भरपर्दाे सिँचाइका लागि गुर्जेखोलामा पक्की बाँधसहित नालाको माग गर्दै आएका छन् । नेताहरूले पनि हुन्छ भन्नुहुन्छ तर काम कहिल्यै हुँदैन”, उनले भने ।

    नेताले जनतासँग गरेको बाचा पूरा नहुँदा सिँचाइको अभावमा गाउँको धेरै खेत बाँझै रहेको उनको भनाइ थियो । सिँचाइका लागि तटबन्धनको व्यवस्था गरिदिन प्रत्येक निर्वाचनमा गाउँमा आउने नेताहरूलाई पटक–पटक आग्रह गरे पनि ध्यान नदिने गरेको बताए  । घोराही–१५ का दीपबहादुर खत्री यसअघिको निर्वाचनमा जस्तो यसपालि त्यति धेरै उत्साहित नभएको बताउँछन् । निर्वाचनको समयमा विभिन्न विकास निर्माणका काम गर्छु भन्दै आश्वासन बाँड्ने तर ती कुरा पूरा नगर्ने प्रवृत्ति बढ्दै जान थालेको भन्दै उम्मेदवारप्रति विश्वास हराउँदै गएको उनको भनाइ छ ।

    घोराही–१५ कै रिया श्रेष्ठ पनि यसपालिको निर्वाचनमा पहिलोपटक भोट हाल्दै छिन्। तर उनि पार्टीभन्दा पनि व्यक्तिलाई भोट दिने तयारीमा रहेको बताउँछिन् । बाबुबाजेले वर्षौँदेखि एउटै व्यक्ति अथवा पार्टीभन्दा बाहिर गएर सही उम्मेदवार छान्न नसक्दा विकास निर्माणको गति अघि बढ्न नसकेको उनको भनाई छ ।


    तेस्रो आँखा