बस्ती बस्तीमा ‘माननीय’ प्रचण्ड 

बस्ती बस्तीमा ‘माननीय’ प्रचण्ड 


  • 5.4K
    SHARES
    • मंसिर १२, २०७९ सोमबार
    • ३ बर्षs अघि
    • 8.3K Views

    बस्ती बस्तीमा ‘माननीय’ प्रचण्ड 

    झण्डै आधा घण्टाको यात्राका क्रममा उनलाई तारन्तार फोन आईरहेका थिए । प्रदेशसभा सदस्यमा निर्वाचित भैसकेपछिको त्यो यात्राका क्रममा आएका अधिकांश फोनहरु बधाईका लागि बजिरहेका थिए । साथै आफूले चुनेका प्रतिनिधिसंगको पुनः साक्षात्कारको अभिलाषा फोनमा सुनिन्थे । पुनः मतदाताको घरदैलोमै पुग्ने अठोट लिएका प्रदेशसभा सदस्य प्रचण्डविक्रम न्यौपाने गुन्टु उत्साहित हुँदै फोनमा जवाफ दिईरहेका थिए ‘म आउँछु,तपाईको घरमै आउँछु ।’

    images

    आफ्नो क्षेत्रका विभिन्न वडाहरुमा बधाईका कार्यक्रमहरु आयोजना भैरहेका थिए । ति सबै कार्यक्रममा पुगेर बधाईसंगै सुझाव ग्रहण गर्नु त थियो नै, साथै मतदाताहरुलाई उनै कार्यक्रमबाट धन्यवाद दिनु पनि थियो । यि जिम्मेवारीसंगै उनको मनमा खड्किरहेको एउटा महत्वपूर्ण कार्य थियो ‘आफ्ना प्रतिष्पर्धीसंग आशिर्वाद लिनु ।’

    उनले गाडीमा सवार आफ्ना निकटस्थलाई भनिरहेका थिए ‘गिरीराज केसी अंकलबाट जसरी पनि आशिर्वाद लिनै पर्ने छ, उहाँको निवासमै पुग्नु पर्छ ।’
    आफूलाई बधाई दिन आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य रेखा शर्मा , अर्का प्रदेशसभा सदस्य राजु खनाल सहित सहभागीता जनाउन हिँडेका गुन्टु नारायणपुर देखि दुधरास हुँदै विजौरी सम्म पुगे ।

    g1.jpg

    बधाई थापे,अनि मतदाताहरुलाई धन्यवाद दिए ।

    g2.jpg

    संगै उनी आफ्ना प्रतिष्पर्धी ‘गिरिराज अंकल’ को दैलोमै पुगे । गिरीराज घरमा थिएनन् । उनकी पत्नीलाई हातमा ढोगिदिए र भने ‘मलाई आशिर्वाद दिनुस् ।’ गिरीराज पत्नीले गुन्टुलाई आफ्नै छोरा सरह सप्रेम आशिर्वाद दिईन् । अनि राम्रो कामका लागि शुभकामना पनि दिईन् । गुन्टुले देखाएको यो व्यवहार कुनै राजनीतिक दलको नेता वा कार्यकर्ताले देखाएको जस्तो फिटिक्कै देखिएन । 

    g7.jpg

    आफ्नै आमा समान गिरीराज पत्नीसंग गुन्टुले देखाएको यो संस्कार एकै परिवारका सदस्य बीचको सम्बन्ध जस्तै प्रगाढ देखियो । ‘जसले जिते पनि विकास गर्ने हो, हाम्रो घरमा फेरी फेरी आउनु,’ गिरीराज पत्नीले भनिन् ‘राम्रो काम गर्नु, सबैलाई बिकास चाहिएको छ ।’ गुन्टुले उनलाई पुनः घरमै आउने र विकास निर्माणका सवालमा सरसल्लाह लिने बचन दिए । 

    गिरीराज घर नजिकैको पोखरीको छेवैमा स्याउला काट्दै रहेछन् । गुन्टु ‘गिरीराज अंकल’ लाई भेट्न पोखरीको पछिल्तिरै लागे । गिरीराजले गुटुुलाई देख्नासाथ हर्षित मुद्रामा स्वागत गरे । गुन्टुले उसैगरि हातमा ढोगिदिए र भने ‘हिँजो एउटा प्रतिष्पर्धा भयो, प्रतिष्पर्धाको नतिजा जे भयो , अब म हजुरकै आशिर्वाद लिएर अघि बढ्ने हो अंकल ।’ लामो समय देखि राजनीतिमा सकृय गिरिराजले गुन्टुको यो असल राजनीतिक संस्कारलाई उच्च सम्मान सहित स्वीकारे ।

    guntu.jpg

    उनले अंगालोमा राखे अनि भने ‘बधाई छ , हामीले काम गर्ने हो, सबै मिलेर गरौँला ।’ उनले बाटो घाटोलाई प्राथमिकतामा राखेर काम गर्न पनि सांसद गुन्टुलाई सुझाए ।  प्रदेशसभामा निर्वाचित भएपछि सांसद न्यौपाने अहिले मतदाताको घरदैलोमै केन्द्रीत बनेका छन् । आफूले चुनावमा गरेका बाचा पुरा गर्ने बिश्वास दिलाउनु छ उनलाई । अनि चुनाव जितेपछि नेताहरु फर्कन्नन्् भन्ने मतदाताहरुको मनोभावलाई चिर्नु छ उनले ।

    g3.jpg

    जनतासंगै रहने जनप्रतिनिधि बन्ने योजनामा रहेका उनले हरेक मतदाताको आवश्यक्ता पूर्तिका लागि संघर्ष गर्ने बाचा गरिसकेका छन् । विभिन्न गाउँहरुमा गरिने स्वागत कार्यक्रमहरुमा पुग्ने सांसद न्यौपानेलाई भब्य स्वागत गरिन्छ अनि विकास निर्माणका लागि आग्रह गरिन्छ । न्यौपाने मतदाताहरुको यो अनुरोध प्रति गम्भिर हुन्छन् अनि भन्छन् ‘हिँजो चुनावमा मेरा लागि गर्नु भयो, अब तपाईहरुका लागि गर्ने पालो मेरो हो ।’ 
       

     


    तेस्रो आँखा