लुम्बिनी प्रदेश : स्थायी राजधानीमा सर्यो मुख्यमन्त्रीको कार्यालय

लुम्बिनी प्रदेश : स्थायी राजधानीमा सर्यो मुख्यमन्त्रीको कार्यालय


  • 4.6K
    SHARES
    • मंसिर २०, २०७९ मंगलबार
    • ३ बर्षs अघि
    • 7.1K Views

    लुम्बिनी प्रदेश : स्थायी राजधानीमा सर्यो मुख्यमन्त्रीको कार्यालय

    लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा मुख्यमन्त्रीको कार्यालय सारिएको छ । गएराती अस्थायी मुकाम बुटवलबाट मुख्यमन्त्री कार्यालय सारिएको हो । बुटवलमा रहेको मुख्यमन्त्री कार्यालयका सबै सामानहरु राती तीन वटा ट्रकमा सारिएको जनाईएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले मुख्यमन्त्री कार्यालय सारेपछि अब मुख्यमन्त्रीको कामकाज स्थायी राजधानीबाटै गर्नेछन् । 
    मुख्यमन्त्री कार्यालय स्थानान्तरणका लागि देउखुरीमा रहेको भवन मर्मत गरिएको थियो । स्थायी राजधानी कार्यान्वयनका लागि मुख्यमन्त्री केसीले केहि दिन देखि देउखुरीमै बसेर तयारी गरिरहेका थिए । नव निर्वाचित प्रदेशसभा सदस्यहरुको सपथ पनि स्थायी राजधानीमै गर्नेगरि तयारी प्रदेश सरकारले गरेको छ । मुख्यमन्त्री कार्यालय स्थानान्तरण भएपछि अब मन्त्रालयहरु प्नि यसै महिना भित्रै सारि सक्ने निर्णयमा प्रदेश सरकार पुगेको छ ।  

    images


    तेस्रो आँखा