• ट्रेण्डिङ्ग :
पुलिसलाई हराउँदै मनाङ लिगको शीर्ष स्थानमा, अन्जनले गरे दुई गोल

पुलिसलाई हराउँदै मनाङ लिगको शीर्ष स्थानमा, अन्जनले गरे दुई गोल


  • 6.9K
    SHARES
    • पौष ३, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    पुलिसलाई हराउँदै मनाङ लिगको शीर्ष स्थानमा, अन्जनले गरे दुई गोल

    पोखरा, ३ पुस । नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ मर्स्याङदी क्लब ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । मनाङले शनिबार पोखरा रंगशालामा पुलिसलाई ३/१ गोल अन्तरले पाखा लगाएको हो । मनाङको जीतमा अन्जन विष्टले दुई गोल गर्दा निशान लिम्बुले एक गोल थपे ।

    images

    पुलिसका सुमन लामाले पेनाल्टी सुट आउटमा सान्त्वना गोल फर्काए । जितेसँगै मनाङले १३ अंक बटुलेको छ । मनाङले पोखरालाई होम ग्राउण्डको रुपमा छनोट गरेसँगै एन्फाले पहिलो पटक पोखरामा लिग सञ्चालन गरेको हो ।

    जारी लिगका थप दुई खेल पोखरामा हुनेछन् । गण्डकी प्रदेश सरकारले मनाङ मर्स्याङ्दी क्लबलाई १० लाख सहयोग गर्ने घोषणा गरेको छ । गण्डकीका खेलकुदमन्त्री राजीव गुरुङ मनाङ मर्स्याङ्दीका सल्लाहकार हुन् ।

    पोखराको खेल हेर्न १ सय र ३ सयको टिकट व्यवस्था गरिएको छ । यहाँबाट हुने आम्दानी सबै मनाङको हुनेछ भने व्यवस्थापन पनि मनाङले नै गर्नेछ । योसँगै एएफसी कप छनोटमा मनाङको सम्भावना पनि बलियो भएको छ । एन्फा उपाध्यक्ष कृष्ण थापाले ए डिभिजन लिगका सबै खेल पोखराले खेलाउन सक्ने बताए ।

    ‘अहिले पहिलो अभ्यास भएको छ । अब आगामी लिगका सबै खेल पोखरामा खेलाउन सकिन्छ,’ उनले भने, ‘हामीसँग पर्याप्त संरचना छ । व्यवस्थापन राम्रो छ ।’

    यो जीतसँगै मनाङको एएफसी कप छनोट खेल्ने सम्भवना पनि बलियो बनेको छ । सातवटा खेल खेलिसक्दा शीर्ष स्थानमा रहेको क्लवले एएफसी छनोट खेल्न पाउने छ ।

     

  • सम्बन्धित विषय:

  • # नेपाल पुलिस क्लब

  • तेस्रो आँखा