काठमाडौं, ६ जेठ । मेवा फल औषधीय गुणले भरिपूर्ण हुन्छ । मेवाका रुखको प्रत्येक भागमा कुनै न कुनै औषधिय गुण पाईन्छ । प्राचिनकालदेखि नै मेवाको पातहरू घाउ सफा गर्न, दाद र दुखाई निको पार्न प्रयोग गरिँदै आएको पाइन्छ। यसको जरामा पिसाब लगाउने शक्ति हुन्छ । मेवामा पर्याप्त मात्रामा क्यारोटेन नामको तत्व हुन्छ, जसले शरीरमा भिटामिन ए बनाँउछ ।
यसमा पोटासियम पनि पर्याप्त मात्रामा हुन्छ । साथै भोजन पचाउन चाहिने विभिन्न तत्व हुन्छन् । काँचो मेवा खानाले कब्जियतबाट छुट्कारा दिलाउँछ । पाकेको मेवा कलेजोको विभिन्न समस्या समाधानका लागि लाभदायक हुन्छ । झाडापाखाला लागेमा बेलामा पाकेको मेवाको सेवनले पाखाला बिस्तारै कम हुन्छ ।
त्यस्तै कब्जियतमा पाकेको मेवाको २० देखि २५ वटा बीउ १० देखि १५ दिनसम्म दिनको २ पटक खाँदा कब्जियत हट्छ। मेवाको पातलाई आगोमा तताएर दुखेको ठाँउमा राख्दा दुखाई कम हुन्छ।
मेवा रक्तअल्पता अर्थात् शरिरमा रगतको मात्रा कम हुँदा पनि प्रयोग गर्न सकिन्छ । रक्तअल्पता हुँदा मेवाले औषधिको काम गर्छ। काँचो मेवाको तरकारी र पाकेको मेवा दिनमा २÷३ टुक्रा खाँदा सुत्केरीको दुध बढाउँछ। शरीरमा रगतको मात्रा वृद्धि गर्छ। यसले आँखालाई समेत फाइदा पुर्याउँछ । साथै, रतन्धो हुनबाट जोगाउँछ।
पाकेको मेवाको गुदीलाई मिचेर अनुहारमा केहीबेर दल्ने र एक छिन राखेर धुने गरेमा अनुहारमा चमक ल्याउछ ।
