लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा थापा नियुक्त 

लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा थापा नियुक्त 


  • 3.1K
    SHARES
    • जेठ ८, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 4.7K Views

    लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा थापा नियुक्त 

    दाङ ८ जेठ
    लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा डा। बुद्धबहादुर थापा क्षेत्री नियुक्त भएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संबिधानको धारा १६० को उपधारा २ बमोजिम क्षेत्रीलाई मुख्य न्यायाधिवक्तामा नियुक्तिको लागि सोमबार सिफारिस गरेका हुन् ।

    images

    क्षेत्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्य न्याया धिवक्ता नियुक्त गरेका हुन् । यसअघि पूर्वमुख्यमन्त्री लीला गिरीले नियुक्त गरेका मुख्य न्यायाधिवक्ता खुमकान्त पौडेलले राजीनामा दिएका थिए । बुटवल उपमहानगरपालिका ९ निवासी थापा बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक हुन् ।

    नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधिसमेत रहेका थापा नेपाल प्राध्यापक संघका पूर्वकेन्द्रीय अध्यक्ष पनि हुन् । राजनीतिशास्त्रमा विद्यावारिधि गरेका थापाले कानुनमा स्नातक गरेका छन् । थापा नेपाली कांग्रेसमा संस्थापन पक्षनिकट हुन् ।

     


    तेस्रो आँखा